• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको दीपदेखि अर्मलाकोटसम्म १२ किलोमिटर पर्वतीय दौड

  •    शुभेच्छा न्यूज  /१४ माघ २०७६, मंगलवार ०९:०३ ,  प्रकाशीत
  • हिन्दुहरुको पर्व श्री पञ्चमीको अवसरमा अर्मलामा पर्वतीय दौड हुने भएको छ ।पोखरा महानगरपालिका–१६ अर्मलास्थित स्थानीय दुर्गा युवा क्लबको आयोजनामा यही माघको १६ गते पर्वतीय दौड हुने भएको हो ।

    मेलाको अवसरमा पुरुष भलिवल तथा ठेलो प्रतियोगिता समेत हुने कलब अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिएका छन् ।

    विशेष आकर्षणका रुपमा रहेको पर्वतीय दौड पोखरा–१६ स्थित केआई सिंह पुल, दीपबाट शुरु हुने जनाइएकोछ । १२ किलोमिटर दूरीको पर्वतीय दौडमा सुन्दरफिड चोक, बाटुलेचौर, महेन्द्र गुफा, घार्मी खोला, अर्मला डिही, डाँडा बिसाउना हुँदै अर्मला कोटमा पुगेर सम्पन्न हुनेछ ।

    पर्वतीय दौडमा पहिलो हुनेले १५ हजार, दोस्र्रोे हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् । पर्वतीय दौडमा १ सय भन्दा वढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ ।

    यसैगरि, सोही कार्यक्रम अन्तरगत अर्मलाकोट श्री सिता आधारभुत विद्यालयको खेल मैदानमा पुरुष भलिबल समेत हुने भएको छ । पुरुष भलिबलको विजेताले ४० हजार र उपविजेताले २५ हजार सहित कप, मेडल र ट्रफी पाउनेछन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

    श्री पञ्चमीकै अवसरमा अर्मलामा परम्परागत रुपमा हुँदै आएको ठेलो हान्ने प्रतियोगिता समेत हुनेछ । प्रतियोगितामा १६ वर्षमुनी र सो भन्दा माथिका दुई अलग–अलग प्रतियोगिता हुने क्लबले जनाएको छ । विजेताले ३ हजार पाउनेछन् ।अर्मलामा सदियौंदेखि श्रीपञ्चमी मेला हुँदै आएको छ ।

    माघको १४ गतेबाट शुरु हुने मेला अन्तरगत अर्मलाको शक्तिपीठ मौदुमा गाउँले महिलाहरुले माघ १५ गते साँझ पूजाआजा गर्ने चलन रहेको स्थानीय जुम गुरुङले बताए । उक्त शक्तिपीठमा पञ्चमीको दिन वली समेत दिइने प्रचलन छ ।

    अर्मला कोटमा अवस्थित श्री सिता आधारभुत विद्यालयको वार्षिकोत्सवका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत हुने भएका छन । गण्डकी प्रदेश सरकारले अर्मलालाई गत वर्षनै होम स्टेको रुपमा घोषणा समेत गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.