सुभेक्षा न्युज /१४ माघ २०७६, मंगलवार १७:०४ , प्रकाशीत
अभद्र व्यवहार मुद्दामा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत ४ हजार रूपैयाँ धरौटी तिरेर मंगलबार रिहा भएकी छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन् ।

Related