• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारी स्कूलले होस्टेल र बस अनिवार्य राख्नुपर्छ ;मुख्यमन्त्री गुरुङ

"विद्यार्थीका लागि होस्टेलको समेत व्यवस्था गर्नु पर्दछ "
  •    शुभेच्छा न्यूज  /१५ माघ २०७६, बुधबार २१:०५ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बालबच्चा पढाउने बहानामा गाउँघरमा तीब्र बसाई सराई बढेको बताउँदै त्यसलाई रोक्न अब हरेक स्थानिय तहले स्कूल बसको ब्यवस्था गर्नू पर्ने बताएका छन् ।

    ‘पाहार ट्रष्ट नेपाल’को सातौं वार्षिक साधारसभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले हरेक स्थानीय तहले कम्तिमा चारपाँच वटा गाउँका विद्यार्थीलाई समेटेर विद्यालय निर्माण र स्कूल बसको ब्यवस्था गर्नुपर्ने बताए ।

    ‘अब,स्थनीय तहले पायक पर्ने गरी बिद्यालय निर्माण र बसको ब्यवस्था गरेर अभिभाबकसहित बिद्यार्थीलाई सुविधा दिनु पर्छ’ उनले भने।,‘विद्यालयले टाढाका विद्यार्थीका लागि होस्टेलको समेत व्यवस्था गर्नु पर्दछ।’

    गण्डकी प्रदेश सरकारले अहिले पहिलो चरणमा परिक्षण स्वरुप उच्च हिमाली जिल्लाहरु मुस्ताङ, मनाङ र म्याग्दीमा गरी ५ ठाउँमा त्यसप्रकारको विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए।

    मुख्यमन्त्री गुरुङले नेपालमा संघीयता आईसकेपछि स्थानिय तहमा धेरै जिम्मेवारी हस्तान्तरण भएपछि शिक्षा क्षेत्र मारमा परेको बताए। ‘नेपालको शैक्षिक क्षेत्र अहिले अस्तव्यस्त अवस्थामा छ’ उनले भने। ‘राज्यले यसको उचित व्यवस्थापन गर्न जरुरी छ, अब, ब्यवस्थापनमा ढिलाई गर्न हुदैन।’

    पाहार ट्रष्टले ग्रामीण भेगको शैक्षिक क्षेत्रमा सरकारले समेत गर्न नसकेको काम गरिरहेको बताउदै टाँठाबाठा र नेताहरुले यतिको काम गरेको भए धेरै प्रचारप्रसा हुने बताए । ‘सोझो भूतपूर्व सैनिकहरुले नेतृत्व गरेको संस्था भएकोले ठूलाठूला परियोजना समेत चुपचाप सम्पन्न हुने गरेका छन’ उनले भने ।

    स्थानिय तहले विना अध्ययन र योजना नै भौतिक संरचनाहरु तयार गर्दा केही समयमा नै ति संरचना कामै नलाग्ने अबस्थामा पुगेको बताए । उनले यस्ता गलत कार्यले राज्यको करोडौं रुपैंया नोक्सान भएको समेत दावी गरे ।

    नेपालका विश्वविद्यालयले आफै बनाएको शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन गर्न नसकेको मुख्यमन्त्री गुरुङले आरोप लगाए । उनले विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको पढाई सञ्चालन गर्नुपर्नेमा जोड दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.