• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोना भाइरसको प्रभाव पोखरामा बुकिङ रद्द गर्दै पर्यटक

  •    शुभेच्छा न्यूज  /१६ माघ २०७६, बिहीबार ०७:४९ ,  प्रकाशीत
  • पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ ।

    चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ । सङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर गरेका फर्किइसकेको व्यवसायी सोम थापाले बताए ।

    नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनमा देखिएको कोरोना भाइरससँगै अन्नपूर्ण क्षेत्रमा देखिएको हिमपहिरोका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटकको आगमन दर पनि निकै न्यून रहेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेलले अन्नपूर्ण हिमपहिरो र कोरोना भाइरसको त्राससँगै कतिपय पर्यटकले बुकिङ नै रद्द गर्न थालेको बताए । नेपाल भ्रमण वर्ष २०२० लाई समेत यो भाइरसले असर गर्ने प्रस्ट सङ्केत देखिएको उनकाे भनाइ छ ।

    केही दिनअघि मात्र भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ गरेको नेपाली पर्यटन क्षेत्रले शृङ्खलाबद्ध बाधाहरू झेल्दा निकै मार खेप्नु परिरहेको छ । अन्नपूर्ण क्षेत्रमा आएको हुदहुद आँधी, अघिल्लो शुक्रबार सोही क्षेत्रमा हिउँपहिरो आउँदा कोरियाली र नेपाली पदयात्री हराउनु, धौलागिरि क्षेत्रमा आरोहीको मृत्युजस्ता कैयौँ घटनाको मार पर्यटन क्षेत्रले झेल्दै अएको छ ।

    नेपालले भ्रमण वर्ष २०२० मनाइरहँदा चीनबाट धेरै पर्यटक भित्रिने आशा व्यवसायीको रहेको थियो तर भाइरसका कारण पर्यटक दर घट्दै गएको छ । यता, अन्नपूर्ण पदयात्राका लागि दैनिक एक हजार एक सय विदेशी पर्यटक जाने गरेका थिए । एक्यापका जगन गुरुङले २०२० मा बढ््ला जस्तो थियो तर हिमपहिरोका कारण अन्नपूर्ण बेसक्याम्प र राउन्ड अन्नपूर्ण बन्दप्रायः नै रहेकाे बताए ।

    यसैबीच, नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले आवश्यक सुरक्षाको प्रत्याभूति दिन नसकेको व्यवसायीको गुनासो छ । यदि पोखरामा पनि सङ्क्रमण देखिए कहाँ जाने, कसरी उपचार गर्ने भन्नेबारे राज्यले यकिन स्थान तय गर्नुपर्ने उनीहरूको माग छ । नेपाल घुम्ने राम्रो सिजन भनेको अक्टोबरदेखि नोभेम्बर हो ।

    नेपाल भित्रिनेमा चिनियाँ पर्यटकको सङ्ख्या एक लाख ६८ हजार थियो । यस्तै, सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए । तीमध्ये चिनियाँ एक लाख ५३ हजार थिए । नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करिब ४० प्रतिशत आउने गरेका छन् ।

    आजको गोरखापत्र दैनिकबाट

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.