गोरखामा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयद्धारा ट्रिपरमा आगजनी
शुभेच्छा न्यूज /१७ माघ २०७६, शुक्रबार १०:४९ , प्रकाशीत
पोखरा । गोरखामा ट्रिपरले किचेर एक महिलाको मृत्यू भएको छ । शुत्रबार बिहान गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर उद्योगको परिसरमा ग १ ख ८०२७ नंबरको ट्रिपरले किच्दा महिलाको मृत्यु भएको हो ।
ट्रिपरले किचेर मृत्यु हुनेमा गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ बर्षकी मनमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यू भएको हो ।
घरबाट छेपेटार बजारमा दूध बेच्न हिडेकी तामाङलाई बिहान साढे सातबजे क्रसरबाट निस्केको ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
महिलाको मृत्यू भएपछि आक्रोशितहरुको ठूलो भीडले सो ट्रिपरलाई आगजनी गरेको छन्। क्रसरभित्र रहेका २० वटा ट्रिपर र छ वटा एक्साभेटर तोडफोड गरेका प्रहरीले जनाएको छ ।

Related