• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्नपूर्ण पदमार्गमा अलपत्र चार पर्यटकको नजिक पुगे स्थानीय युवा

"चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र  "
  •    शुभेच्छा न्यूज  /१७ माघ २०७६, शुक्रबार २०:३१ ,  प्रकाशीत
  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको हुदै खोप्रा जाने माथिल्लो पदमार्गमा चार जना पर्यटकहरु अलपत्र परेका छन् ।

    खोप्राबाट बिहिबार बिहान ११ः३० बजे खोप्रामा खाना खाएर हिडेका अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् ।

    पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

    हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भुभागमा अल्पत्र परेको जानकारी आएपछि खोजीकार्यका लागि स्थानीय दुई युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि खोप्रा तिर लागेको थियो ।

    हिउँका कारण उनीहरुको खोजी कार्यमा कढिनाई भएको प्रजिअ ढकालले बताए । बिहान देखी उनीहरुको खोजी कार्य भएता पनी उनीहरुको उद्धार गर्न नसकिएको प्रजिअ ढकालको भनाई छ ।

    उनीहरु संग निरन्तर मोवाईल सम्पर्क गरि खोजीकार्य शुक्रबार दिन भरि तिब्र पारिएको थियो । ‘सम्भव भएसम्म आगो बालेर धुवा मार्फत संकेत दिन अनुरोध गरेका थियो’ प्रहरी उपरिक्षक कुवरले भने, स्थानीय दुई युवाहरुको टोलीले आज साँझ उनीहरुको आवाज सुन्ने ठाउँ सम्म पुगेका छन् ।

    ‘स्थानीय दुई युवाको टोली उहाँहरुको आवाज सुन्ने ठाउँमा पुगेको जानकारी आएको छ’ कुंवरले भने, रातको समयले गर्दा प्रजिअहरुको टोली त्यस ठाउँ सम्म पुग्न नसकेर आजको लागि नजिकको बस्ती घिरच्याङमा बास बस्नको लागि फर्किएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.