• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा काहुँखोलामा अर्गानिक तरकारी बजार संचालन

  •    शुभेच्छा न्यूज  /१७ माघ २०७६, शुक्रबार २१:३३ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाको सहयोगमा वडा १३, काहुँखोलामा विहीवारदेखि किसान बजार संचालनमा आएको छ । किसानले उत्पादन गरेको तरकारीलाई सिधैँ उपभोक्तासम्म सूपथ मुल्यमा पु¥याउने उद्देश्यले किसान बजार संचालनमा ल्याइएको हो ।

    महानगरपालिकाको ५ लाख र वडा कार्यालयको २ लाख गरी ७ लाख रुपैयाँ लागतमा बजार संचालनका लागि भवन निर्माण गरिएको छ ।

    सो भवनमा अहिले वडाका १० जना किसानले दैनिक आफ्नो खेतवारीमा उत्पादित तरकारीलाई त्यही बजारमा ल्याएर बेच्दै आएका छन् ।वडा १३ र सो क्षेत्र आसपासका किसानको उत्पादनलाई बजारीकरण गर्न यसले सघाउने विश्वास लिइएको छ ।

    रसायनिक मल र विषादी प्रयोग गरेको तरकारी प्रयोग गर्दा मानव स्वास्थ्यमा नै प्रतिकूल असर पारिरहेको अवस्थामा वडा कार्यालयले अर्गानिक तरकारीलाई मात्र उक्त बजारमा बिक्री गर्ने गरी बजार संचालनमा ल्याएपछि उपभोक्तासमेत खुसी छन् ।

    किसानले उत्पादन गरेको तरकारी बिचौलियासमक्ष नपुग्ने र महँगो समेत नपर्ने हुँदा ग्राहकको आकर्षण बढ्ने देखिन्छ ।

    किसान बजार उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङले समृद्ध नेपाल निर्माणका लागि कृषिमा आत्मनिर्भर हुनुपर्ने बताइन् ।

    वडाध्यक्ष दर्शन लामाले वडा १३ लाई अर्गानिक वस्तु उत्पादनको पकेट क्षेत्र बनाएर बिचौलिया नरहने गरी सबैले सुपथ मूल्यम ताजा अर्गानीक तरकारी उपलव्ध गराउने बताए ।

    कृषिविज्ञ मनोहर कडरियाले उपभोक्ता आउँदा सबैखाले वस्तु सहजै पाउन सक्ने गरी व्यवस्थित कृषि उत्पादनमा जोड दिन आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.