• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मीमा आधुनिक प्रविधिको विकाससंगै खुलेका एफ एम रेडियोहरुको क्रेज बढ्दो

" अझै घटेको छैन गुल्मीमा एफ एम रेडियोहरुको क्रेज  "
  •     कृष्ण अन्जान ज्ञवाली  /१७ माघ २०७६, शुक्रबार ०९:३८ ,  प्रकाशीत
  • उमेरले नव्वे काटिसकेका रुरुक्षेत्र गाउंपालिका वडा १ च्यूरेकका यदुनाथ ज्ञवालीको दिन काट्ने माध्यम बनेको छ रेडियो ।दिनभरी घाममा वसेर एफ एम रेडियो सुनेरै उनि दिन कटाउंँछन ।

    लामो समय भयो उनि हिंडडुल गर्न सक्दैनन परिवारले वाहिर घाममा ल्याएर कुर्चिमा राखिदिन्छन र उनले दिनभरि रेडीयो सुनेरै वस्छन ।

    यदुनाथ ज्ञवालीका छोरा अनिल ज्ञवालीले यो रेडियो घरमा झुण्डाएको धेरै भयो ।चौविसै घण्टा रेडियो वज्ने गरेको छ उनको घरमा ।उनको घर परिवारले मात्र होइन वरिपरिको समाजले पनि उनकै रेडियो सुन्ने गर्छन ।

    यदुनाथ ज्ञवालीका लागि मात्र होइन गुल्मीका धेरै गाउंमा अझैपनि एफ एम रेडियोको क्रेज घटेको छैन ।यसक्षेत्रमा वज्ने सामुदायिक तथा व्यवसायिक एफ एम स्टेशनहरुले बजाउने समाचार गित संगित नै गाउंमा देश विदेशका समाचार थाहा पाउने माध्यम र मनोरञ्जनका साधन बनेका छन ।

    गाउंघरमा दर्जनौ एफ एम रेडियो स्टेशनका आवाजहरु सुन्न सकिन्छ ।थरि थरिका कार्यक्रम ,समाचार ,गित संगितको स्वाद पस्कने रेडियो स्टेशन हरु र तिनका प्रशारण गाउंघरका लागि दिन र रात कटाउने माध्यम हुन ।

    गुल्मीमा एफ एम रेडियो सुन्ने बनाउनुमा सामुदायिक रेडियो मदन पोखराको योगदान छ ।त्यस अघि रेडियो नेपाल सुन्ने गरिएपनि गैर सरकारी रेडियोको स्वाद रेडियो मदन पोखराले पस्केको हो ।

    समाचारको शैलि ,गाउंघरका भजन किर्तन ,स्थानिय भाखाका लोक संगित र अनेक सचेतनामुलक कार्यक्रमले रेडियो मदन पोखराले सवैको मन जितेको बताउंछन पुर्व शिक्षक समेत रहेका कृष्ण राज ज्ञवाली ।

    गाउंघरको शैलिलाइ टपक्क टिपेर प्रशारण गर्ने सामुदायिक रेडियो मदन पोखराले सांच्चै समुदायको आवाज वनेको ज्ञवालीको भनाइ छ ।

    रेडियो नेपालको सरकारी समाचार सुनिरहेका हरुका लागि गैर सरकारी रेडियोले वजाउने समाचार ,कार्यक्रमहरु फरक लाग्नु स्वाभाविकै थियो ।प्रजातन्त्र पछि सरकारले एफ एम रेडियो खोल्द दिने निती अनुरुप ग्रामिण क्षेत्रमा खोलिएको यो रेडियो सांच्चे ग्रामिण परिवेशलाइ पस्केर जनताको मन जित्न सफल भयो ।

    त्यसो त गुल्मीमा आजभोली पाल्पा ,अर्घाखांचि ,गुल्मी ,स्यांगजा ,तिरका दर्जनौ एफ एम रेडियो सुनिन्छन ।फरक शैलि र फरक प्रकृतिका कार्यक्रम सुन्न रेडियो जति वटा¥यो उति एफ एम स्टेशनहरुले आफ्ना प्रस्तुती दिइरहेका हुन्छन ।

    मुख्यतया विहान र सांझको समाचार सुन्न हरेक घरमा एफ एम रेडियो घन्केको पाइन्छ ।कायाकैरन ,नेपाल खवर,विविसी लगाएतका समाचार वुलोटिन प्रायले छुटाएका हुंदैनन ।पछिल्लो पटक नेपाली रेडियो नेटवर्कको ऋषि धमलाको जनता जान्न चाहन्छन पनि गुल्मी जिल्ला तिर लोकप्रिय वनेको छ ।

    रुरुक्षेत्र गाउंपालिका ३ का यज्ञमुर्ति ज्ञवालीलाइ ऋषि धमलाले नेतालाइ छासेको मनपर्छ ।उनि भन्छन हरेक दिन जनता जान्न चाहन्छन सुन्ने गरेको छु र यो सवाल जवाफले देशको राष्ट्रिय राजनिती र समसामायकि मुद्धा के रैछन र सरोकारवाला ,राजनैतिक दलका धारणाके छ स्पष्ट हुने गरेको छु ।

    समाचारका अतिरिक्त एफ एम रेडियोले वजाउने लोक संगित पनि लोकप्रिय बनेका छन ।गाउंका वुहारीहरुले एफ एमले वजाउने विरहका लोक गितहरु सुनेर बारी खरबारीमा घांस काट्ने र रेडियो सुन्दै मेलापात गरेको पाइन्छ ।

    त्यसोत एफ एम हरुले गाउंघरमा कट्वालको काम धानेको पाइन्छ ।गाउंघरमा हुने कार्यक्रम ,सभा सम्मेलन लगाएतका सुचना ,स्थानिय निकाय ,विध्यालय ,अन्य सरकारी तथा गैर सरकारी संघ सस्थाका सुचना सम्प्रेषणमा एफ एम रेडियो प्रयोग भएको पाइन्छ ।

    मेला महोत्सव ,वार्षिकोत्सव लगाएतलाइ प्रत्यक्ष प्रशारण मार्फत जनता सम्म पुर्याउने काम रेडियो हरुले गरेको पाइन्छ भने आजभोलि त समवेदना पनि रेडियो वाट प्रशारण हुने गरेका छन ।

    यसक्षेत्रमा बज्ने रेडियो हरु परम्परागत शैलिमा नै बज्छन ।विहान भजन समाचार त्यसपछि शुभकामना साटासाट गित संगित केहि कार्यक्रमहरुको प्रशारणनै रेडिायोको दिन चर्या हो ।

    तर केन्द्रिय प्रशारण शुद्ध भएपनि स्थानिय प्रशारणको भाषिक शुद्धता र उच्चारणमा समस्या रहेको रेडियोका पारखि हरुको भनाइ छ ।

    नेपाली व्याकरणमा समेत दख्खल राख्ने पुर्व शिक्षक कृष्ण राज ज्ञवालीको वुझाइमा रेडियोमा जस्तो पढेपनि हुने जे पढेपनि हुने आखिर श्रोतालाइ सुनाउने त हो भन्ने सोंचाइ छ भने ठिकै छ होइन भने शुद्ध भाषा र स्पष्ट उच्चरण आवस्यक रहेको वताउंछन ।उनि भन्छन एउटै कार्यक्रम सञ्चालन गर्दा र समाचार पढ्दा समेत दर्जनौ पटक भाषा चिप्लीएका प्रमाण छन उनि भन्छन ।

    नेपालका प्रशारण सस्थामा विभन्नि समस्या छन ।रेडियो कर्मिको अभाव ,उचित पारिश्रमिकको समस्या नेपाली सञ्चारमाध्यमका समस्याहुन तर पनि सामाजिक जागरण र सचेतना लाइ सञ्चार संग जोडेर यसक्षेत्रका रेडियो हरुले खेलेको भुमिका र सुनाएको आवाजलाइ राम्रै मान्नुपर्ने हुन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.