शुभेच्छा न्यूज /१७ माघ २०७६, शुक्रबार १९:३७ , प्रकाशीत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आलिताल गाउँ कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ ।
शुक्रबार दिउसो १२ बजेको समयमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका – ३ को वडा बैठकमा जानेक्रममा उनलाई अज्ञात समुहले अपहरण गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।
आलितालबाट करिब पाँच सय मिटरको उचाईमा रहेको वण्डले भन्ने ठाँउमा मुकुण्डोधारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भिर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए । अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जानकारी दिएको छ । कुटपिट गर्नेसमूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related