• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हाइटेन्सनलाइनले जनता मर्कामा

  •     कृष्ण अन्जान ज्ञवाली  /१७ माघ २०७६, शुक्रबार ०९:५२ ,  प्रकाशीत
  • विकासका पुर्वाधार वनाइंदा त्यसले पार्ने प्रभाव प्रति पनि गम्भिर हुनु पर्ने हुन्छ तर त्यसो भएको पाइंदैन ।

    यतिवेला देशै भििर विकास निर्माणका कामले गति लिएका छन तर यसले परेको प्रभाव प्रति कसैले चासो राख्दैन बरु जर्वजस्ती पेलेर अगाडी वढेने काम भइरहेको छ ।

    सडक वन्छन जनताका खेतवारीमा जर्वजस्ती डोजर लगाइन्छ जनताका घरवारि जोखिममा पर्छन ।विधुति करण हुन्छ जनताका खेतवारिे वाट हाइटेन्सन लाइन तानिन्छ जनता जोखिममा पर्छन ।यो समस्या हरेक क्षेत्रमा छ तर जनता सधै मारमा छ ।

    यतिवेला यस्तै समस्या भोग्न वाध्य वनाएको छ मोदि जलविधुत परियोजनाको हाइटेन्सन लाइनले पोखरा महानग।पलिकाका केहि वडाका स्थानिय वासिन्दा लाइ ।

    पोखरा महानगर पालिकाका वडा नं १९ ,१६ ,२० ,१३ ,२७ ,२८ का सयौ रोपनि जनताको घर र खेतियोग्य जग्गा माथिवाट हाइटेन्सनलाइन लैजाने तयारी गर्दैछ यो परियोजनाले ।यहि परियोजनाको हाइटेन्सन लाइनका कारण घरवार विहिन हुने अवस्थामा पुग्ने यी वडका वासिन्दाको भनाइ भलामका पिडीत कृषक वलराम पौडेलको भनाइ छ ।

    हाइटेन्सन लाइन विस्तार गर्दा वस्ति जोगाएर लानु पर्ने माग पिडीतहरुको छ । कि वस्ती जाृेगाएर लानु परुयो या त विस्थापित हरुलाइ पुर्नूस्थापनाका लागि उचित क्षति पुर्ति दिनु पर्यो यसरी पेलेर हाइटेन्सन लाइन र पोल गाड्ने काम जनतालाइ स्वकिार्य नहुने बाटुले चौरकका पिडीत गणेश अधिकारीले चेतावनि दिए ।

    पोखराको पर्यटन पुर्वाधारको रुपमा विकास हुंदै गरेका यि क्षेत्र हरु मा अतिक्रमणको शैलिमा जनताका निजी जोतभोगका जग्गामा हाइटेन्सन लाइनको विस्तार गरेपछि जनताको आक्रोश छ ।

    यतिवेला यि क्षेत्रका पिडीत वासिन्दा हरुले पिडीत सरोकार समिती वनाएर आफ्नो आवाजलाइ एकिकृत गर्ने प्रयास गरेका छन ।उनिहरुको भनाइमा एकै प्रकारको कर तिर्ने महेन्द्र पुल र गाउंको जग्गाको एउटै महत्व छ ।

    तर गाउंको जग्गा भन्दैमा जुन प्रकारको पेल्ने प्रवृति छ त्यो कुराको स्थानिय वडाका वासिन्दाले कडा प्रतिवाद गर्ने तयारी गरेको पिडीत सरोकार समितीका अध्यक्ष लिलाराज र्पौडेलले वताए ।

    विकास आवस्यक छ तर विकासका नाममा जनता विस्थापित गराउने काम राम्रो होइन ।यहांका वासिन्दा विकास विरोधि होइनन तर विकासका नाममा जर्वजस्ती वस्ति जोखिममा पार्ने काम भए पछि उनिहरु आक्रोशित हुनु स्वाभाविक छ

    हाइटेन्सन लाइनका यि वडाका सयौ घर र सयौ रोपनि जग्गालाइ असर गर्ने निश्चित छ ।यसका लागि उचित पर्ति र पुर्नस्थापनाको माग जायज भएको पोखरा महानगरपालिका वडा न २० का वडासदस्य मोति प्रसाद पौडेलको भनाइ छ ।

    त्यसोत मोदि जलविधुत परियोजनाले जनता संग एक दुइ चरणको वार्ता गरिसकेको छ तर हात मिलाउने र वात मिलाउने वाहेक केहि उपलव्धी भएको छैन ।

    राज्यको काम जनकेन्द्रित हुनु पर्छ तर यहां त्यसो भएको पाइंदैन ।हरेक क्षेत्रमा हुने विकासले जनता शुखि र समृद्ध वन्नु पर्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.