• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

म्याग्दीको खोप्रामा अलपत्र चार पर्यटकको हेलिकप्टर मार्फत उद्धार

"नारच्याङको माथिल्लो भेग ¥यालेखर्क स्थित जंगलको खोचमा अलपत्र "
  •    शुभेच्छा न्यूज  /१८ माघ २०७६, शनिबार १९:५८ ,  प्रकाशीत
  • म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर हराएका चार जना पदयात्रीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।

    पर्यटकीय स्थल खोप्रादेखि नारच्याङ आउने क्रममा बाटो बिराएर अलपत्र परेका चार नेपाली पर्यटकलाई शनिवार ४ बजे हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको हो ।

    उनीहरुलाई गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहदुर पुनको पहलमा सिम्रीक एयरको हेलकप्टरबाट चार पर्यटकलाई सकुशल उद्धार गरिएको हो ।

    अन्नपूर्ण गाउँपालिका नारच्याङको माथिल्लो भेग ¥यालेखर्क स्थित जंगलको खोचमा अलपत्र परेका नेपाली पर्यटकहरु अंकित शाह, अभिशेष महतो सर्लाही, सन्जित लामा दोलखा र सुमन भट्टलाई दुई दिनको प्रयासपछि सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

    उनीहरुलाई अहिले अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ बेशीगाउँ ल्याइएको प्रजिअ ढकालले बताए । ‘सुरक्षाकर्मी, गाउँले र गोठालाहरुको टोलीले फेला पारेपछि हेलीकप्टर मगाएर उनीहरुलाई सकुशल उद्धार गरेका छौ,’ प्रजिअ ढकालले भने ‘शुक्रबार दिनभर खोजी गरि ठाउँ पत्ता लगाएपछि शनिबार हेलीकप्टर मगाएर उद्धार गरेका हौ।’

    उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको प्रजिअ ढकालले जानकारी दिए । अल्पत्र परेका उनीहरुको खोजीका लागि शुक्रवार दिनभर प्रजिअ सहित प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर, शसस्त्र प्रहरी र स्थानीयवासीहरु जुटेका थिए । तर शनिवार मात्रै उद्धार गर्न सकिएको हो ।

    अन्नपूर्ण पदमार्गको भ्रमणमा रहेका उनीहरु खोप्रा लेकको सामुदायिक लजमा खाना खाएर नारच्याङतर्फ हिँडेलगत्तै हिउँ पर्न सुरु भएको थियो। पदथ प्रर्दशकबिनै पदयात्रामा गएका कारण हराएको बताईएको छ।

    घना जंगल, भीर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.