• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ‘प्याराग्लाईडिङ वल्र्डकप प्रतियोगिताको आयोजना हुने

"१ सय २५ खेलाडी सहभागी हुने "
  •    शुभेच्छा न्यूज  /१९ माघ २०७६, आईतवार २०:३५ ,  प्रकाशीत
  • नेपाल हवाई खेलकुद संस्थाले पोखरामा आयोजना गर्ने ‘प्याराग्लाईडिङ वल्र्ड कप एशियन टुर २०२०’ तथा १९ औं नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

    आगामी फागुन ११ देखि १७ गते सम्म पोखरामा सञ्चालन हुने प्याराग्लाईडिङ प्रतियोगितको तयारी बारे आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिईएको हो ।

    प्रतियोगिताका संयोजक योगेश भट्टराईले नेपाल सरकारको भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्ने उद्देश्य सहित सो प्रतियोगिताको आयोजना गरिएको बताउदै यसको तयारी तीब्र पारिएको बताए ।

    प्रतियोगितालाई अन्तर्राष्ट्रिय प्याराग्लाईडिङहरुको संस्था (एफएआई) र राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएका छन । लाईसेन्स प्राप्त गर्ने खेलाडीेले उक्त प्रतियोगितामा सहभागि हुन पाउने उनले बताए ।

    उक्त प्रतियोगितामा अमेरिका, बेलायत, नेपाल, स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन लगायतका विभिन्न ३० मुलुकका १ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक भट्टराईले बताए ।

    प्रतियोगितामा ओभरल च्यापियन, महिला च्यापियन, टीम च्याम्पियन र नेपाली च्यापियन गरी ४ विद्यामा सञ्चालन गरिनेछ । महिलातर्फ प्रथमदेखि पाचौँ स्थानसम्मका विजेतालाइ मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।

    यस्तै टिम च्याम्पियनतर्फ प्रथमदेखि तेस्रो स्थानसम्मका विजेतालाई प्रमाणपत्र र मेडलले सम्मान गरिने संयोजक भट्टराईले जानकारी दिए । उनले प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्याराग्लाईडिङ वल्र्डकपको सुपर फाईनलमा भाग लिन सक्ने बताए ।

    प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.