पृथ्वी नारायण क्याम्पको पठनपाठन सुचारु
"विश्वविद्यालयका प्रतिनिधि, क्याम्पस प्रशासन र आशिंक प्राध्यापकका प्रतिनिधि विच त्रि–पक्षीय वार्ता "
तपाईको प्रतिक्रिया





देशकै ठुलो शैक्षिक सस्थाको रुपमा रहेको पोखराको पृथ्वी नारायण क्याम्पसको पठनपाठन संचालन भएको छ ।
विगत एक हप्ता देखी नेपाल आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाई पोखरा द्वारा क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरुले दैनिक ज्यालादारी प्रथाको अन्त्य हुनु पर्ने माग राख्दै आन्दोलन स्वरुप कक्षा वहिस्कार गरेका थिए ।
आशिंकहरुको कक्षा वहिस्कारका कारण एक हप्ता क्याम्पसको पठनपाठन पुर्ण रुपमा वन्द भएको थियो ।
आशिंक प्राध्यापकहरुले आन्दोलनमा उठाएका मागहरु प्रति त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र आशिंक प्राध्यापक संघका प्रतिनिधि विच भएको त्रि–पक्षीय वार्ता मार्फत समस्या समाधान गर्न सहमति गर्ने निर्णय सँगै आन्दोलन तत्कालका लागि स्थगित गरिएको आशिंक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।
उनले भने–“आन्दोलन एक अभियान हो हाम्रो चाहना विद्यार्थीले पढ्ने अधिकारलाई रोक्ने कदपि हाईन त्यसैले नजिकिदै गरेको स्ववियु निर्वाचन आन्तिरिक रुपमा चलेका परिक्षाहरु र हिउदे विदा पछाडी कक्षा नहुदा पठनपाठन अस्तव्यस्त भएको भन्दै आन्दोलन तत्कालका लागि स्थगन गरेका हौं ।”
क्याम्पस प्रमुख प्राध्यापक चन्द्र वहादुर थापाले जसरी पनि आशिंकको मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने–“यो समस्या आशिकको मात्रै होईन मेरो र समग्र त्रिभुवन विश्वविद्यालयको हो त्यसैले जती सक्दो चाढो समस्या समाधान गर्ने तर्फ हामी लागि पछौं ।”
विगत १४ वर्ष देखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराईरहेका २ सय १८ जना आशिक प्राध्यापकहरुले सामुहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
Related