सेती नदीको खोँचमा खसेका आकाशको सकुशल उद्दार
"कुकुर अड्किए पछि कुकुरलाई बचाउन लाग्दा गुरुङ खोँचमा खसे "
तपाईको प्रतिक्रिया





पोखराको सेती नदीको खोँचमा अड्किएका एक जनाको प्रहरीले सकुशल उद्दार गरेको छ । आफ्नो कुकुर अड्किए पछि उक्त कुकुरलाई बचाउन लाग्दा २३ वर्षिया आकाश गुरुङ सोमबार बिहान खोँचमा खसेका थिए ।
पोखरा महानगरपालिका-०९ पार्वती टोलस्थित सेती नदिको खोँचमा खसेका उनको नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको हो । खोँचमा खसेका गुरुङलाई स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा उद्दारको लागि खटिएको थियो । उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको प्रहरीले जनाएको छ ।
Related