• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पूर्वसचिवको घरमा रहस्यमय हत्या : सीसीटीभीले यस्तो देखायो

"कामदार विजय चौधरीले प्लाष्टिकको पिर्काले हिर्काएर हत्या गरेपछि आत्महत्या  "
  •    शुभेच्छा न्यूज  /२७ माघ २०७६, सोमबार २१:१३ ,  प्रकाशीत
  • पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    ललितपुर सानेपास्थित घरमा मुनालाई उनकै कामदार विजय चौधरीले प्लाष्टिकको पिर्काले हिर्काएर हत्या गरेपछि चौधरीले आत्महत्या गरेको प्रहरीको भनाइ छ।

    कार्कीका घरभित्र राखिएको सीसीटीभीलेसमेत यो दृश्य कैद गरेपछि प्रहरी उक्त निस्कर्षमा पुगेको हो। ‘बिहान नौ बजेतिर विजयले मुनालाई पिर्काले हिर्काई भुइँमा लडाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने,‘ भुइँमा मुना लडेपछि कपाल समातेर टाउको बजारेको देखिन्छ।

    विजयले नै हत्या गरेको योभन्दा अरु प्रमाण हुन सक्दैन।’ तर विजय र मुनाबीच के कुराको खटपट थियो भन्नेमा प्रहरीले केही खुलाएको छैन।

    कार्कीले आफन्त र प्रहरीसँग बताए अनुसार उनी पशुपतिनाथ मन्दिर गएर फर्किएपछि यो घटना भएको थाहा पाएका थिए। दुई छोरी र एक छोराकी आमा मुनाको हत्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.