शुभेच्छा न्यूज /२८ माघ २०७६, मंगलवार २१:२३ , प्रकाशीत
नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे सेवा अवधी हदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।
आईजीपीको लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्यायको पनि चर्को लबिङ भएको थियो । बरियताक्रममा लम्साल दोस्रोमा थिए भने उपाध्याय तेस्रोमा थिए ।
ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् ।
२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

Related