• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माछापुछ्रेमा परिवार योजनाका लागि क्याम्प

  •    शुभेच्छा न्यूज  /२८ माघ २०७६, मंगलवार २०:४७ ,  प्रकाशीत
  • कास्कीको माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलामा परिवार योजना तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत लामो अवधिको अस्थाई साधनको प्रयोग सम्वन्धी सेवाका लागि क्याम्प आयोजना गरिएको छ ।

    गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामामा सार्दिखोला स्वास्थ्य चौकीमा लामो अबधिको अस्थायी परिवार नियोजन साधन आइयुसिडी र इम्पाल्न्ट लिन इच्छुक महिलाहरुका लागि सेटलाइट क्याम्प सञ्चालन गरिएकोमा २७ जना नयाँ सेवाग्राहीले इम्प्लान्ट तथा चार जनाले पुनः सोही साधनको प्रयोग गरेका थिए।

    त्यसैगरि ६ जनाको साधन निकालिएको र एक जनाले आइयुसिडी सेवा लिएको जनस्वास्थ्य निरीक्षक डिल्लीराम दाहालले बताए । उनले स्वास्थ्यकर्मीहरुको प्रभावकारी परामर्श महिला स्वास्थ्य स्वयमेविकाको समुदाय सचेतनाको प्रतिफल स्वरुप क्याम्प आशा गरिएभन्दा बढी सफल भएको उल्लेख गरे ।

    सो अवसरमा वडाध्यक्ष विक्रम गुरुङले स्वास्थ्यचौकीमा आवश्यक साधन स्रोत सम्पन्न बनाउँदै जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न आफू प्रतिवद्ध रहेको बताए ।

    त्यसैगरि आज गाउँपालिकाको वडा नं ४ लाहाचोक स्थित जन जागरण विद्यालयमा जोखिम युक्त जनसंख्यामा क्षयरोग खकार परिक्षण माइक्रोस्कोपीक शिविर सञ्चालन गरिएको थियो ।

    जसमा १५६ जना व्यक्तिहरुको ३१२ वटा खकारको नमुना लिइएको र त्यसको रिपोर्ट आउन दुई दिन लाग्ने बताइएको छ ।

    शिविर अघि १० स्वयंसेवकलाई अभिमुखीकरण तालिम प्रदान गरी शंकास्पद क्षयरोगी, दूई हप्ता सम्म लगातार खोकी,बिगतमा क्षयरोग लागेका व्यक्ति र उनका परिवार, हाल औषधी खाइरहेका क्षयरोगिका परिवार र समुदायमा लुकेर रहेका क्षयरोगलाइ समयमा रोग निदान गरी उपचारको मुलधारमा ल्याउन टोल टोलमा स्वयंसेवकलाई परिचालन गरिएको थियो ।

    शिविरमा जिल्ला स्वास्थ्य कार्यालय कास्की, भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रबाट प्राबिधिक सहयोग उपलव्ध भएको बताइन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.