• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जनयुद्ध दिवसको रुपमा कसरी मानउन सक्छु र कमरेड?

"आफ्नै बाबु गुमाएको जनयुद्ध "
  •     कृष्ण अन्जान ज्ञवाली  /१ फाल्गुन २०७६, बिहीबार ११:०६ ,  प्रकाशीत
  • नेकपाले फागुन १ लाइ जनयुद्ध दिवस मनाउने निर्णय गरिरहंदा म पनि नेकपाकै एक परिपक्क कार्यकर्ता भएको हैसियतले पार्टीको निर्णयलाइ मान्नुपर्ने हुन्छ तर कमरेड हरु माफ गर्नुहोला म त्यहि पार्टीको एउटा कार्यकर्ता भएरै पनि जनयुद्ध दिवस मनाउन सक्दिन ।

    तत्कालिन माओवादी विद्रोहीको गोली लागेर बाबा मारिनु भएपछि नवलपरासीका एकजना नेताले ठुलोरुख ढाल्दा सानो रुख ढलेको प्रतिकृया दिए ।आज पन्ध्र वर्ष भयो त्यो रुख ढलेर थिचिएको पिडा हाम्रो परिवारले भोगिरहेको छ ।

    हामिले वारम्वार भनिरहेका छौं हाम्रो छाहारी वनेको सानो रुख किन ढालीयो?ठुलो रुख ढालेर तपाइंको अगाडीको वाटो सफा र छ्रयांग्ग भएको होला ,पद प्रतिष्ठा शान शौकत तपाइले पाउनु भएहोला कमरेड तर हाम्रो अवस्था प्रति के तपाइं शंवेदनशिल कहिल्यै वन्नुभयो कि भएन ?

    सुनवल प्रहरी चौकी अगाडी पुग्दा अझै पनि मेरो बाबाको रगतको गन्ध आउंछ ,कताकता मानसपटलमा त्यहिदिनको याद नाच्छ ।

    सानो चियाको टं्याङकी पछाडी बाबाको रक्तरञ्जीत लाश उफ त्यहि चौकी अगाडी उभिएर भक्कानिन मनलाग्छ ।छट्पटि, त्रास ,आतंक,पिडा व्यथा, कथा आक्रोश र आंशु एकैपटक उम्लेर आउंछ ।प्रत्येक पटक सुनवल पुग्दा बाबाको यादमा दुइ थोपा आंशु प्रहरी चौकि अगाडी उभिएर खसाल्छु र भन्छु बाबा तपाईंले त छाडेर जानुभो तर हामिले त्यो पडिालाइ कहिल्यै भुल्ने भएनौं।

    समयले यसरि एउटा खेल खेल्छ हामिले सोंचेका थिएनौ ।हामि हरेकपल भित्र रोएर बाहिर हांसेका छौ ।२०६० साल कार्तिक नौ गते विहान एउटा उन्मादी वन्दुकले हाम्रो बाबाको छाती छेंड्यो । न योद्धा न सुराकी ,चिया पकाएर परिवारको भोक टार्ने भोजराज ज्ञवालीलाइ कमरेड हरुले निशाना बनाए ।

    भोजराज ज्ञवालीले सुनवल चौकी अगाडी चिया पकाउंनुहुन्थ्योे ,त्यहि चियासंगै उनको परिवारको रोजिरोटी चल्थ्यो ।विहानै आफ्नो चियाको टंकीमा पुग्ने एउटा स्टोभ ,दिउरी ,चिनी ,चियापत्ति दुधको जोहो गरेर बाबाले सांझ विहान चिया पकाउने र त्यहि चियामा आफ्नो परिवारको भविष्य खोज्नु हुन्थ्यो ।

    प्रहरी चौकी अगाडी उनको चिया पसल भएका कारण पनि सुनवल प्रहरीचौकीको प्रहरीहरु पनि भोजराजको पसलमा चिया पिउंथे हरेक विहान आउने पत्रपत्रिका हेर्ने गर्थे ।भारतको आसाममा लामो समय बसेका भोजराज आफै पनि चियाका पारखी हुनुहुन्थ्यो र सबैका लागि भोजराजको चिया पसल प्रिय थियो ।तर नियतिल त्यहि चिया पसल भोजराजको मृत्यु वन्यो ।

    द्धन्दका घाउ देश भरी अनगिन्ती छन ।जहां पुग्दा पनि एक न एक जना आफु जस्तै पिडामा रोएको भेटाउंछु ।जसले कुरा गरे पनि आफ्नो पिडा वल्झेर आंखा रसाउंछन ।हामीले भोगेका पिडा अरुले पनि भोग्दै छन पिडा सबैका उस्तै उस्तै हुन भन्ने लाग्छ ।

    बाबालाइ जतिवेला गोली हानियो त्यतिवेला भाइवैनीहरु भर्खर आफ्नो भविष्य खोज्दै थिए ।बाबा भारतबाट नेपाल फर्किएर आएपछि हामी धेरै खुशी भएका थियौ ,मुग्लानका लामो समय वसेर फर्केक। अभिभावक बाबा हाम्रो आशाको केन्द्रविन्दुको रुपमा रहनु भएको थियो ।

    बाबा सुनवल प्रहरी चौकी अगाडीको सानो काठको टंकीमा परिवारको शुख र समृद्धी खोज्दै हुनुहुन्थ्यो ।भल्किरहेको चियामा परिवारको शुख देख्ने भोजराजलाइ भारत बाट नेपाल फर्केको डेढ वर्ष पनि आफ्नो देशमा बांच्न दिएन नियतीले ।

    समयले डेढ दशक नेटो काट्यो तर पनि आमा हरु भाइ बैनि र म आफैका आंखा ओभाना छैनन ।अझै पनि यो घाउ निको भएको छैन र कहिल्यै निको नहुने चोट बनेर मनमा गढेको छ ।

    बाबाको यादमा सानिमा सिता ज्ञवालीले नवलपरासीको सुनवल छाड्न सक्नुभएको छैन ।पन्द्र वर्ष देखी भाडामा वसेर परिवारलाइ हुर्काउने वढाउने र पढाउने गर्नु हुन्छ ।मेरी आमा यमकला ज्ञवाली जिर्ण घर कुरेर गुल्मीको थोर्गा गाउं हुनुहुन्छ । पढेलेखेका भाइ बैनि हरु बेरोजगार छन ।तर हामीलाइ हाम्रो अवस्था सोध्ने केहि छैन ।

    बाबाको सम्झनाले सिता ज्ञवाली सुनवलमा ,यमकला ज्ञवाली र कृष्ण ज्ञवाली गुल्मीमा ,प्रकाश र विनोद भैरहवामा ,शुसिला अन्जु हरु गैंडकोट र चितवनमा सुंकसुकाउंछन र चित्त बुझाउंछन ।हुन पनि आंशु बगाउनु वाहेक हाम्रो भाग्यमा के छ र ?

    बाबाले बनाउन शुरु गरेको घर नवलपरासीको सुनवलमा अधुरो छ त्यसलाइ पुरा गर्न सकेका छैनौ ।गुल्मीमा घर जिर्ण छ गोठ भत्किएको छ त्यसको मर्मत हुन सकेको छैन ।भन्ने ठाउं छैन र भनेको पनि सुनिंदैन ।शहर तिर अनेकौं संघ सस्थाहरु छन दुखीलाइ सहयोग गर्छन रे भनेको सुन्छौं तर हामी माझ कोही आउंदैन ।

    यि पन्द्रवर्ष हरुमा हामिले अनेकौं पिडा भेगेका छौ कति रात हाम्रो परिवार भोकै सुतेको छ ।पिडा, व्यथाका आंशु बगाएका दिनहरु त सधै छन ।

    हाम्रो दुख देखेर आत्मसन्तुष्ठी लिने हरु पनि हामीले देख्यौं यहा सम्मकी द्धन्द पिडीतको केहि सहयोगमा हाम्रा सोझा आमाहरु संग कमिशन खाने हरु पनि हामी माझ नै छन ।

    यतिवेला सरकार जनताको छ ।कम्युनिष्ट हरु आफुलाइ जनताको सरकार भनेर दावि गर्छन ।हाम्रो सबै परिवारले सधै कम्युनिष्ट पाटीको सूर्य चिन्हमा भोट हाल्छ र त्यहिपार्टीको सरकार छ ।यतिवेला त्यहि हाम्रो परिवारको सूर्य चिन्ह मेरो बाबालाइ गोली हानेर ढलाउने कमरेडहरु संग मिसीएको छ ।

    मपनि सचेत कार्यकर्ता हुं अवस्य पनि कम्युनिष्ट हरु एक हुनुपर्छ भन्ने मान्यता म भित्र छ ।हो पिडा देशै भरी छ जनयुद्धमा भविष्य देखेर होमिएका हजारौ शहिद,घाइते,वेपत्ता ,अपांगका परिवार पनि हामी जस्र्तै पिडामा रुन्छन भक्कानिन्छन घाउ त उनिहरुका पनि उस्तै हुन राज्यले सबै प्रति न्याय गर्नु पर्छ ।

    तर बैचारीक युद्ध लडेकाहरु त युद्धका योद्धा थिए तर मेरो बाबा न कुनै राजनैतिक पार्टीका कार्यकर्ता थिए ,न कसैको बन्दुक बोकेर हिंडने योद्धा थिए र न राज्य को कुनै निकाएमा थिए न कुनै सुराकी नै ।सामान्य नागरिक अनाहकमा मारिएको पिडा कस्तो हुन्छ हाम्रो परिवारमा आएर जो केहिले बुझ्न सक्छ ।

    हो मैले यो कुरा लेखिरहंदा पार्टीले जनयुद्ध दिवस मनाइरहेको हुनेछ ।पार्टी एकताको शन्देस दिन जनयुद्ध दिवस आवस्यक्ता पनि हो तर जुन जनयुद्धले निर्दोष मेरो बाबालाइ छातिमा गोली ठोकेर हत्या गरेको छ आमा हरुको सिन्दुर ,खोसेको छ ,हामीलाइ टुहुरो पारेको छ /

    त्यस्तो जनयुद्ध दिवसको रातो अविर निधारमा लगाएर म कसरि बाबा प्रति सांचो श्रद्धाञ्जली अर्पण गर्न सक्छु र माफ गर्नुहोला कमरेडहरु म आफ्नै निर्दोष बाबा खोसिएको जनयुद्ध लाइ जनयुद्ध दिवसको रुपमा कसरी मनाउंन सक्छू र ?
    (कृष्ण अन्जान ज्ञवाली गुल्मीका कृयाशिल पत्रकार हुन)

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.