• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘ट्राफिक व्यवस्थापन’को नयाँ व्यवस्था हटाउन माग

  •    शुभेच्छा न्यूज  /१ फाल्गुन २०७६, बिहीबार १९:५३ ,  प्रकाशीत
  • पोखरा उद्योग वाणिज्य संघले पोखरामा पछिल्लो समय लागु गरिएको ट्राफिक व्यवस्थापनप्रति असन्तुष्टी जनाएको छ ।

    संघले पार्किङ व्यवस्थापनको नाममा सहरका विभिन्न ठाउँमा ‘पार्किङ निषेध’गरिँदा त्यसले व्यापार-व्यवसायमा प्रतिकूल असर परेको तथा भित्री सडकमा पार्किङ बढ्दा त्यहाँ एम्बुलेन्सजस्ता अत्यावश्यक बाहनहरु प्रवेशमा कठिनाई भएको दावी गर्दै सो व्यवस्थाप्रति पुनरावलोकन गर्न माग पनि गरेको छ ।

    पोखरा महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पछिल्ला दिनहरुमा पोखराका मुख्यबजार क्षेत्र र अन्य सडक क्षेत्रमा पार्किङ निषेध गरेको छ ।

    पोखरा उद्योग वाणिज्य संघका महासचिवअर्जुन पोखरेलद्धारा विहीबार जारी विज्ञप्तिमा कतै एकतर्फी त कतै अनावश्यक रुपले पार्किङ निषेध स्थानको किटान गर्नाले सर्वसाधारण अनावश्यक दण्ड–जरिवाना तिर्न बाध्य मात्र भएका तथा व्यवसायमा प्रतिकूल असर परेको जनाएको छ ।

    विज्ञप्तिमा संघले विगतदेखि नै ट्राफिक व्यवस्थापन तथा पार्किङ स्थलनिर्माणको विषय उठाउँदै आएको उल्लेख गर्दै सडकमै पार्किङ गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने माग गरिएको छ ।

    ‘पोखरा उद्योग वाणिज्य संघ, सडक सवारी गुड्नकै लागिहो र फुटपाथ बटुवा हिँड्नकै लागि मात्र हो भन्ने कुरामा स्पष्ट छ ।

    यो कुरा त्यतिबेला मात्रै सम्भव हुन्छ, जुनबेला यथोचित रुपमा पार्किङ स्थलको व्यवस्थापन हुन्छ भन्ने कुरामा पनि हामी स्पष्ट छौँ’ विज्ञप्तिमा भनिएको छ,‘ तर, सहरका मुख्य सडकहरुमा नो पार्किङको बोर्डहरु झुन्ड्याउदा त्यसले अन्य भित्री साँघुरा सडकहरुमा पार्किङको चाप बढ्न गई झन सडक अस्तव्यस्त भइरहँदा कुनै अकल्पनीय दुर्घटना हुदामाएम्बुलेन्स दमकलको साथै अन्य साधनहरुको सहज आवतजावत हुनबाट समेत बन्चित देखिन्छ ।

    पार्किङ स्थलको व्यवस्थापनबिना नै सहरका विभिन्न ठाउँमा ‘नो पार्किङ’को बोर्ड झुड्याउनु व्यवहारिक हैन भन्ने कुरामा हामी अझ स्पष्ट छौँ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.