गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताएकी छन् ।
पोखरा महानगरपालिका वडा नं. १३ स्थित बेसलाईन बोडिङ स्कूलको २२ औं बार्षिकोत्सव एवम पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले दक्ष तथा सिपमुलक जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताइन् ।
“समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय संकल्प पुरा गर्न सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, अभिभावक र शिक्षकको सामुहिक प्रयासको खाँचो औैँल्याइन् ।
प्रदेश सरकारले विज्ञ समुह बीच छलफल गरि आवश्यक सुझाव र सल्लाह अनुसार शिक्षा नीति तयार गर्नुपर्ने उल्लेख गर्दै उपसभामुख शर्माले व्यवहारिक एवम् प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गरिन् ।
विद्यालयका प्रवन्ध निर्देशक षडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख नारायण प्रसाद सुवेदी लगायतले शिक्षाको महत्व माथि प्रकाश पारेकी थिइन् ।
कक्षागत एवम. अतिरिक्त कृयाकलापमा विजयी छात्रछात्रा लाई पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यार्थीद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Related