पोखरामा जंगली जनावर घोरल भेटिएको छ । हिमाली बाख्राको रूपमा चिनिने जंगली जनावर घोरल बुधबार पोखरा– २९, बुढीबजारमा भेटिएको हो ।
अन्दाजी २ वर्षको जस्तो देखिने भाले घोरलको उद्धार गरी पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा राखिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए ।
घोरल उच्च पहाडी तथा भित्री मधेशमा पाइने भए पनि पहिलो पटक पोखरामा भेटिएको उनले बताए ।‘पोखराको सुन्दरीबजारमा बिहान स्थानीयले देखेपछि लखेट्ने क्रममा विद्यालयको जालीले घेरिएको खेलमैदानमा ट्र्यापमा परेछ,’ उनले भने, ‘घोरल तारबारमा थुनिएपछि स्थानीयले खबर गरे र नियन्त्रणमा लिएर अहिले वन्यजन्तु उद्धार केन्द्रमा राखेका छौँ ।’
प्रमुख श्रेष्ठका अनुसार बाख्राजस्तै देखिने भाले घोरलको सिङ हुन्छ । पोथी घोरलको भने सिङ हुँदैन । नेपालमा घोरलको संख्या प्रशस्तै रहेको प्रमुख श्रेष्ठले बताए ।
घोरल समुद्री सतहबाट ३ सयदेखि ३ हजार मिटरसम्मको उचाइमा पाइन्छ । घोरल मुख्य गरी धौलागिरी हिमालको आसपासमा पर्ने ढोरपाटन शिकार आरक्ष, म्याग्दी, मुस्ताङलगायतका ठाउँमा पाइन्छ ।

Related