• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कुवेतमा विस्फोटसँगै पहिरो जाँदा चार नेपालीको मृत्यु, ६ जना बेपत्ता

  •    शुभेच्छा न्यूज  /१ फाल्गुन २०७६, बिहीबार १०:३६ ,  प्रकाशीत
  • कुवेतको एक खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा पहिरो खस्दा चार नेपालीको मृत्यु भएको छ ।

    कुवेतस्थित अलमुतलायामा रहेको ढुंगा/बालुवा खानीमा काम गरिरहेको बेला ढुंगा फुटाउन विस्फोट गराइएको थियो । विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको अरब टाइम्सले जनाएको छ।

    मृत्यु हुनेमा चार नेपाली रहेको भनिएपनि अझै धेरै संख्यामा हुनसक्ने आशंका गरिएको छ । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ ।

    जसमध्ये चार नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ।

    पहिरोमा १३ नेपाली र एक भारतीय नागरिक परेको आशंका गरिएको थियो । उनीहरु ढुंगा र बालुवाको थुप्रोमा पुरिएको अरब टाइम्सले जनाएको छ।

    उद्धारकर्र्ताहरुले बेपत्ताहरुको खोजी जारी राखेको बताएका छन् । घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरुको परिचय भने खुलेको छैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.