• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एमसीसी राष्ट्र हित विपरीतः राजमो अध्यक्ष केसी

"एमसीसी लागुभए राष्ट्र र राष्ट्रियतामाथी गम्भीर प्रश्न चिन्ह खडा हुने "
  •    शुभेच्छा न्यूज  /३ फाल्गुन २०७६, शनिबार २१:३४ ,  प्रकाशीत
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लागु भए त्यो राष्ट्र हित विपरित हुने बताएका छन् ।

    मित्र राष्ट्र चीन बिरोधी गतिविधि सञ्चालन गर्नका लागि नेपाललाई प्रयोग गर्न एमसीसी ल्याईएको भन्दै केसीले यो कार्यक्रम लागुभए राष्ट्र र राष्ट्रियतामाथी गम्भीर प्रश्न चिन्ह खडा हुने दावी गरे ।

    राष्ट्रिय जनमोर्चा बागलुङको प्रथम जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमको शनिवार बागलुङको बरेङ गाउपालिकामा उद्घाटन गर्दै केसीले एमसीसी राष्ट्र र राष्ट्रियताका लागि कुनै पनि हिसावले उपयुक्त नभएको बताए ।

    अमेरीकाले आफ्ना स्वार्थका लागि नेपालमा एमसीसी लागु गर्न खोजेको भन्दै केसीले एमसीसीले देशलाई फाईदा भन्दा घाटा धेरै रहेको टिप्पणी गरे ।

    ‘नेपाललाई एमसीसीमा हस्ताक्षर गराएर इन्डो प्यासेफिक रणनीतिसम्म हस्ताक्षर गराउने योजनामा अमेरीका छ’ केसीले आफ्नो दावी प्रस्तुत गर्दै भने – ‘आफ्नो देशको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतालाई दाउमा राखेर, राज्य सञ्चालकहरु एमसीसी पास गराउन लागि परिरहेका छन् ।’

    एक स्वतन्त्र र र सार्वभौम सम्पन्न मुलुकमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने उनले बताए । केसीले राष्ट्रिय जनमोर्चाले संसद र सडकमा यो नीतिको विरोध गर्दै आएको बताए ।

    मेचीदेखी महाकालीसम्म सबै नेपाली जनतालाई आफ्नो राष्ट्रियता नै खतरामा पार्ने सवालमा चनाखो भएर विरोध जनाउन र संसदबाट लागु गर्न नदिन सवै देशभक्त एक हुनुपर्ने उनको आग्रह थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.