• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भाषा संरक्षण गर्न सरकार पछी नपर्ने : प्रदेश प्रमुख परियार

  •    शुभेच्छा न्यूज  /३ फाल्गुन २०७६, शनिबार ११:३६ ,  प्रकाशीत
  • महेश सिंह
    सरकार भाषा संरक्षण गर्न लागी परेको प्रदेश नम्बर –२ का प्रदेश प्रमुख तिलक परियारले बताएका छन् ।

    मगही भाषा अभिलेखिकरण सम्बन्धी एक दिने गोष्ठीको उदघाटन गर्न सिरहाको लहान आएका प्रदेश प्रमुख परियारले भाषा आयोग मार्फत नेपालमा बोलिने हरेक भाषहरुको संरक्षण गर्न सरकार तयार रहेको बताए।

    नेपालमा बोलिने १ सय २८ भाषालाई संरक्षण गर्नका लागी भाषा आयोग र सरकारलाई बिच बिचमा सरसल्लाहको आब्यश्क परेको हुदाँ सो कार्यमा सहयोग गर्न भाषा बिद्धहरुलाई उनले आग्रह गरे ।

    प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख परियारले भने , ‘ संघियतालाई सफल गर्नका लागी स्थानिय भाषा संस्कृतिको संरक्षण गर्न अति आब्यश्यक रहेको हुँदा आ – आफने क्षेत्रबाट भाषा संरक्षणका लागी सहयोग गर्नुपर्छ , सरकार पछी नपर्ने उनले दाबी गरे ।’

    नेपालको २०६८ को जनगना अनुसार करीब ३५ हजार मात्र मगही भाषा बोल्नेको तथ्याङ्क रहेकोले सो जनगणना पुर्ण रुसमा त्रुटी रहेको मगही भाषा अध्ययन केन्द्रका अधयक्ष मनाई महतोले बताए ।

    उहाँले प्रदेश नम्बर– २ मा मात्र मगही भाषा बोल्नेको संख्या ४० लाख रहेको दाबी गरेका छन । महतोले मधेशमा बोल्ने ठेठ भाषा नै मगही भाषा हो , ‘पिछडाबर्गका २९ जाती , दलित समुदायका १७ र जनजाती समुदायका २ वटा जाती मगही भाषा बोल्ने गरेको उनले दाबी गरे ।’

    तराई मधेशमा कुशवाहा, केवट , यादव , सुनार , लगायत तेली जातीहरुले मगही भाषा बोल्ने गरेको उनले भने । पुर्व मन्त्री लक्ष्मण मेहता , भाषा आयोगका अध्यक्ष बलदेब अबस्थी लगायत प्रदेश नम्बर १ र २ का भाषा सम्बन्धी जानकारहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमबाट आएका सुझाबहरुलाई संङ्कलन गरी भाषा आयोगमा बुझाउने तयारी गरेको आयोजक भाषा आयोगले जनाएको छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.