• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा विप्लव समूह तीनजना जिल्लास्तरीय नेताद्धारा पार्टी परित्याग

  •    शुभेच्छा न्यूज  /४ फाल्गुन २०७६, आईतवार १९:५६ ,  प्रकाशीत
  • नेत्रविक्रम चन्द (विप्लव) समूहमा आबद्ध तीन जिल्लास्तरीय नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

    विप्लव समूहका जिल्ला सदस्यद्वय लोकेन्द्र राई, बमबहादुर हितान मगर र सक्रिय सदस्य डिलबहादुर सुनारले सो समूहको हिंसात्मक गतिविधिप्रति असहमति रहेकाले पार्टीका सम्पूर्ण जिम्मेवारी छाडेको आज विज्ञप्तिमार्फत जनाएका छन् ।

    विज्ञप्तिमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमले मात्र जनताको हित हुने भएकाले अबदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध भएर जनताको सेवा र हितमा काम गर्नेसमेत घोषणा गरिएको छ । विप्लव समूहमा आबद्ध रहेको अभियोगमा गत पुस २४ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित नयाँबस्तीबाट प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो ।

    अदालतले गत माघ २२ गते सुनारलाई रु २० हजार र अन्यलाई जनही रु पाँच हजारका दरले धरौटीमा रिहा गर्न आदेश दिएकामा धरौटी बुझाउन नसकेकाले उनीहरु कारागार चलान भएकाे बताइन्छ ।

    आज अदालतले तोकेको धरौटी बुझाएपश्चात् उनीहरुलाई गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य रामजीप्रसाद बराल र अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य मङ्गल लिम्बूको रोहवरमा कारागारले मुक्त गरेको थियो ।

    कारागारबाट छुटेलगत्तै विज्ञप्तिमार्फत तीनैजनाले विप्लव समूह परित्यागको घोषणा गरेका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.