• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सडक दुर्घटना सानो मानविय त्रुटीले हुने गर्दछ ; ट्राफिक प्रमुख महतो

  •    शुभेच्छा न्यूज  /४ फाल्गुन २०७६, आईतवार २१:१५ ,  प्रकाशीत
  • महेश सिंह
    प्रदेश २ मा दुर्घटनालाई न्यूनिकरण गर्ने उदेस्यले ट्रफिक प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।प्रदेशका विभिन्न जिल्लाहरुमा बर्षेनी ठूलोसंख्यामा दुर्घटनाका कारण सर्वसाधारणको ज्यान जान थालेपछि प्रहरीले यस अभियान चलाएको हो।

    वर्षेनी बढदो सडक दुर्घटनालाई न्यूनिकरण गर्न र ट्राफिक नियमका बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको प्रदेश ट्राफिक प्रहरी प्रमुख (एसपी) श्याम कुमार महतोले बताए।

    उनका अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालय पथ्लैयाले प्रदेशका ८ वटै जिल्लाहरुमा सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

    ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थान स्कुल र कलेजहरुमा कार्यक्रम संचालन गरिरहेको उनले बताए ।‘हामी ट्राफीक नियम बारे सचेत हुदा हुदै पनि जानाजान नियम उल्लघंन गर्छौ, सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ’ प्रमुख एसपी महतोले भने । ‘तपाई हामी सबैले सवारी नीयमको राम्रो संग पालना गर्नूपर्छे । ट्राफीक नियम पालना गर्नाले सवैको सुरक्षा हुन्छ।

    सिरहामा ९० प्रतिशत दुर्घटना असावधानीका कारण हुने गरेको एसपी महतोले बताए । ट्राफिक प्रहरी कार्यालय सिरहाले आयोजना गरेको दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक जनचेतना कार्यक्रममा एसपी महतोले चालकले साबधानी अपनाउनसके धेरै दुर्घटना न्यूनिकरण गर्न सकिने बताए।

    उनले तीब्र गतिमा सवारी चलाउनु, धूम्रपान, मध्यपान ,मादक पदार्थ सेवन गरेर चलाउदा बढी दुर्घटना हुने बताए ।
    असावधानीको कारण दुर्घटनामा वृद्धि भएको उनको भनाइ छ् । गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाका घटना सिरहामा १५ प्रतिशतले बढेको थियोे ।

    दुर्घट्नाको अवस्था यस्तो छ
    सिरहामा यस वर्षको श्रावण देखि पुष सम्ममा ९८ वाटा सडक दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएको र १६७ जना घाइत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरिक्षक( ईन्सपेक्टर) खगेन्द्र एक्तेनले बताए /

    कार्यक्रममा सिरहाको लहान स्थित रहेको जेएस मुरारका बहुमुख क्याम्पसमा आयोजना गरिएको थियो । सयौं विद्यार्थी र प्राध्यापक प्रशिक्षण कार्यक्रममा सहभागि भएका थिए।

    असाव धानीका कारण बढी दुर्घटना राजमार्ग र ग्रामीण भेगमा हुने गरेका छन । ट्रापिक प्रहरी प्रमुख एसपी महतोेका अनुसार पछिल्लो केही समयदेखि ट्राफिक प्रहरी सक्रियताले दुर्घटनामा कमी आएको छ। संख्यामा बढी देखिएपनि गतवर्षभन्दा सवारीका हिसावले दुर्घटना कम भएको छ ।

    प्रदेश नं. २ मा सवारीको चाप, सडक सञ्जालको आधारमा ट्राफिक प्रहरी पनि कम रहेको उनले बताए । ८ जिल्लामा एक सय ३८ स्थानीय तह, ४९ लाख, ९२ हजार ४ सय ३४ जनसंख्या रहेको यस प्रदेशमा ३ सय ९८ जना मात्र ट्राफिक प्रहरी रहेका प्रमुख महतोले बताए छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.