प्रदेशलाई पूर्ण रुपमा सफल र आत्मनिर्भर बनाउँछौ ; मुख्यमन्त्री गुरुङ
"अबको पाइला पहिलो बर्षका जगको आधारमा प्रदेश समृद्धको लागि हुने "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई पुर्ण रुपमा सफल बनाएरै छाडिने प्रतिबद्धता व्यक्त गरेका छन ।
प्रदेशलाई सवल र समृद्ध प्रदेश बनाउनका लागि दीर्घकालिन सोच र योजनाका साथ प्रदेश सरकार अगाडि बढेको उनको भनाई छ ।
आफ्नो पहिलो बर्षको कार्यकालाई निति र संरचना निर्माणको बर्षको रुपमा अथ्र्याउँदै मुख्यमन्त्री गुरुङले अबको पाइला पहिलो बर्षका जगको आधारमा प्रदेश समृद्धको लागि हुने बताएका हुन ।
प्रदेश स्थापनाको भएको २ बर्ष पुगेको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संघीय कार्यान्वयनको क्रममा आत्मविश्वास र उर्जा समेत बढीरहेको बताएका छन् । ‘हाम्रा पाइलाहरु गतिवान हुदैछन र हाम्रो अनुभवहरु खारिदै गैरहेका छन’ मुख्यमन्त्री गुरुङद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रदेशको सफलतासंगै संघीय शाशन व्यवास्थाको सफलता गासिएको बताउदै मुख्यमन्त्री गुरुङले सहकारिता, सहअस्तित्व र समयन्वयको सिद्धान्तको आधारमा संघ, प्रदेश र स्थानीय तहको सम्वन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका छन ।
लोकतन्त्रको आधारभुत मुल्य मन्यता, बहुदलीय लोकतन्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, पुर्ण प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रदेश सरकार दृढ रहेको प्रतिबद्धता समेत मुख्यमन्त्रीले विज्ञप्तिमार्फत जनाएका छन ।
साथै विभिन्न क्षेत्र समुदाय र बर्गको सुझाव, सल्लाहलाई आत्मसाथ गर्दै समृद्ध प्रदेश सुखी नागरिकको आकांक्षा सफल पार्न सरकार तत्पर रहेको समेत मुख्यमन्त्री गुरुङको भनाइ छ ।
Related