‘मदिरा पार्टी’बारे पृथ्वीसुब्बाको सचिवालयले भन्यो- ‘मर्यादाविपरीत काम भएको छैन’
"फोटो र भिडिओ मुख्यमन्त्रीको कार्यकक्षको नभइ निवासको "
तपाईको प्रतिक्रिया





मुख्यमन्त्री गुरुङले कार्यकक्षमै ‘मदिरा पार्टी’ गरेको भनेर आएका समाचारको खण्डन गर्दै सचिवालयले घटनालाई अतिरञ्जित गर्न खोजिएको आरोप समेत लगाएको छ।
मुख्यमन्त्री गुरुङको निजी सचिवालयले आज जारी गरेको विज्ञप्ति अनुसार सार्वजनिक भएका फोटो र भिडिओ मुख्यमन्त्रीको कार्यकक्षको नभइ निवासको हो।
मुख्यमन्त्री गुरुङको जेठानको परिवार बेलायतबाट आएको सन्दर्भमा २ फागुनमा गुरुङको निवासमा पाहुना खानाको व्यवस्था गरिएको बताइएको छ।
सोही दिन मुख्यमन्त्री गुरुङको जन्मदिन पनि परेकाले निवासमा गुरुङ जातिको संस्कार अनुसार पारिवारिक जमघट गरिएको सचिवालयले स्पष्ट पारेको छ।
‘भिडिओ र फोटोहरूलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ’, सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौँ।’
यस विषयमा कुनै भ्रममा नपर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
Related