इतिहास बोकेको संस्कृत विद्यालय ; अस्तित्व रक्षाको लडाइमा
"भौतिक सम्पन्नता हुंदा हुंदै बिद्यार्थीको आभावमा जुझ्दै "
तपाईको प्रतिक्रिया





विद्यालय स्थापनाको एक सय आठौं वार्षिकोत्सव मनाइ रहंदा गुल्मी जिल्लाको जेठो शैक्षिक संस्थाको रुपमा रहेको संस्कृत माध्यमिक विद्यालय रिडीलाइ आफ्नो अस्तित्व रहने हो की होइन भन्ने चिन्ताले पिरोलेको छ ।
भारतिय सहयोगमा वनेको सुविधा सम्पन्न भवन ,डेढ दर्जन भन्दा कक्षाकोठा हरु तर विद्यार्थी आउने श्रोत भने सुक्दै ।करिव एकसय आठ वर्ष अघि स्थापना भएको संस्कृत माध्यमिक विध्यालय यतिवेला भौतिक सम्पन्नता हुंदा हुंदै बिद्यार्थीको आभावमा जुझ्दै छ ।
त्यसोत यस क्षेत्रका अन्य विध्यालयको दांजोमा विध्यार्थी नभएको त होइन तर संस्कृत शिक्षा पढ्न खोज्ने विद्यार्थी नहुंदा आफ्नो अस्तित्व कसरी वचाउने चिन्ता विद्यालयलाइ छ ।
राणाकालिन अवस्थामा देव शमशेरको पहलमा स्थापना भएको यस विध्यालयले गुल्मीको शैक्षिक इतिहासमा महत्व पुर्ण भुमिका खेलेको छ।
संस्कृतको गुरुकुल पद्धतीमा स्थापना भएको यस विद्यालयलाइ स्थापनाको बेला १९६९मा संस्कृत पाठशाला भनिन्थ्यो ।त्यतिवेला यस विद्यालयमा वेदका रिचाहरु ,चण्डी रुद्री लघु कौमुदि लगाएतका संस्कृत भाषाहरुको अध्ययन हुन्थ्यो ।गुरुकुल परम्पारावाट शुरुवात भएको यस विध्यालय गुल्मीकै सवैभन्दा पुरानो विध्यालय हो ।
समय सापेक्ष शिक्षा प्रणाली अवलम्वन गर्दै यस विध्यालयले केहि संस्कृत पाठ्यक्रम राखेर २०२८ सालदेखि अंग्रेजी गणित विज्ञानका विषयहरु लाइ समावेश गरेर लामो समय विध्यार्थिहरु लाइ शिक्षा प्रदान गरिरहयो ।
संस्कृत पाठ्यक्रम समावेश गरिरहंदा विध्यार्थि संख्या घटेपछि यो विध्यालयले संस्कृत नपढेपनि हुने गरि साधारण मावि सरहको स्वीकृति पछि केहि विध्यार्थि वढाउन सफल भएको विध्यालय का प्राचार्य भोजराज गौतमले वताए ।
मर्ज हुनुहुंदैन र संस्कृत माध्यमिक विध्यालयको अस्तीत्व रहनु पर्छ भनृेर आवाज उठाउने काम त स्थानिय वासिन्दाको हो तर कसैको चासो देखिएन विध्यालयका पुर्व कर्मचारी लोकनाथ ज्ञवालीले वताए ।
अवस्य पनि संस्कृत शिक्षाको मुलनै यतिवेला सुकेको छ ।आधारभुत तहको पाठ्रक्रममै संस्कृत शिक्षा नभइ सकेपछि माध्यमिक तहमा संस्कृत पढ्ने विध्यार्थि हुने कुरै भएन ,। संस्कार र भाषाको जननि संस्कृतको उत्थान हुनु पर्छ भन्नेहरुको कमि भने छैन तर पहल भने कसैले नगरेको गुनासो यस विध्यालयका पुर्व शिक्षक ज्ञानेश्वर ज्ञवालीको भनाइ छ ।
यसलाइ विडम्वना भन्नु पर्छ नेपालमा धर्म संस्कृति सभ्यता परम्परा रिती रिवाजलाइ जिवन्त राख्ने संस्कृत भाषा लगभग लोपोन्मुख अवस्थामा पुग्दै गर्दा राज्यको संस्कृत शिक्षा प्रतिको उदाशिनताले संस्कृत माध्यमिक विध्यालयहरु संस्कृत माविकोे साइनवोर्ड झुण्डाएर साधारण माध्यमिक विध्यालयको पाठ्यक्रम पढाएर विध्यालय धान्न वाध्य छन ।
जयतु संस्कृतमको नारा घन्काएर राणा शासन विरुद्धमा आफुलाइ उभ्याउने राजनैतिक हस्ती समेत यो विध्यालयले उत्पादन गरेको इतिहास छ ।
कति छ विध्यालयको गुठीको जग्गा र कहां छ ?
स्थापना कालमा संस्कृत पाठशालाको पाकशाला र पाठशालाका लागि भवन समेत रहेको इतिहास छ ।त्यतिवेला विद्यार्थी शिक्षक भक्त भक्तेनी कर्मचारीलाइ खानाको व्यवस्था समेत रहेको जानकार तारानाथ ज्ञवाली सम्झन्छन ।
नवलपरासी जिल्लाको सूर्यपुरा ,वेदौली,प्रसौनीमा रहेको सातसय सत्तरी विगाहा जग्गाको आयस्ताले छात्रवृति ,भोजनवृति,र तलव भत्ता समेत सम्पुर्ण खर्च पाल्पा माल अड्डाबाट चलेको इतिहास छ ।
यध्यपि गुठीको आधिकारीक संस्था संस्कृत माध्यमिक विध्यालय हो भनेर साविक रुरु गाउं विकास समिती,जिल्ला प्रशासन कार्यालय ,साविक जिल्ला विकास समिती गुल्मी,जिल्ला शिक्षा कार्यालय गुल्मी र महेन्द्र संस्कृत विश्वविध्यालयले सिफारीस गरेका प्रमाणहरु विद्यालयसंग हुंदा र उक्त प्रमाण को अध्ययन नगरी गुठी सस्थानले देखाएको रवैया प्रति विध्यालयको गुनासो छ ।
अहिले उक्त जग्गा कस्को मातहत र कस्ले जोतभोग गरिरहेको छ विद्यालयलाइ जानकारी छैन कसले जग्गाकोे भोग चलन गरको छ खोजी गर्ने काम पनि भएको छैन । गुठीको जग्गा आफ्नो मातहतमा ल्याउने प्रयास गरे पनि विद्यालयले प्रकृया र कागजातका कारण सकेको छैन ।
Related