• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वडा तहका विवाद वडामै समाधान गर्न मेलमिलाप केन्द्र

  •    शुभेच्छा न्यूज  /६ फाल्गुन २०७६, मंगलवार १९:३३ ,  प्रकाशीत
  • पोखरा महागनरपालिका वडा नम्वर २२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो ।

    केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले मेलमिलापले पैशा, समयको बचतसंगै समाजमा एकता कायम गर्ने बताइन् ।

    उनले समाजलाई विवाद रहित बनाउनसके उत्तम हुने र त्यस्तो हुन नसके विवाद सृजना भए मेलमिलाप मार्फत मिल्दा उत्तम हुने बताइन् । अदालती प्रक्रियामा जादाँ सधै प्रतिशोधको भावना रहि रहने भएको बताउदै उनले, समाजमा शान्ति र सद्भाव कायम गराउन मेलमिलाप केन्द्रको अवधारणा ल्याएको बताइन् ।

    समाजमा शान्ति, विकास र समृद्ध बनाउन आपसी सहमती र एकता आवश्यक हुने बताइन् । वडा नम्वर २२ का अध्यक्ष मित्रलाल बरालले वडा तहका विवाद समाधान गर्न सहज हुने बताए ।

    न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समितिको कार्यक्षेत्र, मेलमिलापकर्ताको भुमिका, आचारण र योग्यताका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा नेकपा वडा नम्वर २२ का अध्यक्ष चण्डीका बराल, मेलमिलापकर्ता कमलप्रसाद बराल लगायतले मेलमिलापकर्ताले विवादका दुवै पक्षलाई जितजितको अवस्था सहित समाधान गर्नुपर्नेमा जोड दिए ।

    वडा अध्यक्ष मित्रलाल बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगरका कानुन अधिकृत राममणी अधिकारीले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.