• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महाशिवरात्रीमा पोखरामा विश्व संगीत महोत्सव

  •    शुभेच्छा न्यूज  /६ फाल्गुन २०७६, मंगलवार १९:३५ ,  प्रकाशीत
  • एलिजा क्षेत्री / विद्यार्थी पत्रकार

    पोखरा । महाशिवरात्रीको अवसरमा नमस्ते ब्याण्डले विश्व सङ्गीत महोत्सव गर्ने भएको छ । ब्याण्डको ३१ औं वार्षिकोत्सवको अवसरमा सङ्गीत महोत्सव गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मलेनमा महोत्सवका संयोजक ईश्वर गुरुङ जानकारी गराए ।

    महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड सहित नेपालका चर्चित कलाकारको प्रस्तुति रहने छ । कार्यक्रममा दीप श्रेष्ठ, गङ्गा बर्दान, राजेश पायल राई, याम बराल, उदयमनिला र श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्रश्न पाण्डे, अमृता लिम्बु र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

    ब्याण्डहरुमा पिजेपिस जोइन्ट बयाण्ड ९अमेरिका०, नमस्ते ब्याण्ड ९जापान र नेपाल०, रन युनिटी ९लाइन स्टार० युके, बमशिव मिनामी जापान, हिता ग्रुप ९तिब्बत, एनइओ प्रिज्म०, १९७४ एडी, कुटुम्ब ब्याण्ड, सि—वाज ९कृपा फाउण्डेशन०, प्रमोद निरवान्स एण्ड म्युजिक लिङ्कस, हिमालयन एण्ड कल्टीभेसन, श्री—थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्ट लगायतको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।

    लेकसाइडको बाराहीघाटमा हुने १५ औं संस्करणको महाशिवरात्री सङ्गीत महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नेछन् । मध्यान्ह १२ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश टिकट रु १०० राखिएको छ ।

    कार्यक्रमबाट संकलित रकम मध्ये १ २ लाख २५ हजार रुपैंया पुम्दीकोटमा निर्माणाधीन शिवमुर्तिका सहयोग गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा संगीतकार न्यू बज्राचार्यलाई सम्मान गर्ने गुरुङ्ले जानकारी गराए । हालसम्म ब्याण्डले ३ सय भन्दा बढी कलाकारलाई सम्मान गरेको उनले दावी छ ।

    कार्यक्रमको लागि करिब ४५ लाख ७५ हजार रुपैंयाको बजेट अनुमान गरिएको र तयारी अन्तिम चरणमा रहेको उनले बताए । ‘अब हामी कार्यक्रम देखाउन तयार छौ’, उनले भने, ‘आशा छ सम्पूर्ण पोखरेली मेरा दाजुभाई दिदीबहिनीहरुको सहयोग मिल्नेछ ।’

    कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा एसटी क्रिएशन म्यानेजमेन्ट प्रा।लि।ले पाएको छ ।

    नमस्ते ब्याण्डको स्थापना ३० वर्ष अघि भएको थियो । जापानबाट पहिलो पटक नेपालको पहिलो गीति सिडी एल्वम् ९एकता० को बिक्रि गरी नेपालको पहिलो ब्याण्डको रुपमा परिचित भएको गुरुङले उल्लेख गरे । ब्याण्डले सामाजिक संघ संस्थाहरुको सहयोगार्थ निशुल्क सेवा दिदै आएको उनले बताए ।

    विश्वको अग्लो स्थान ५६४३ मिटर कालापत्तथर सगरमाथामा वल्र्ड हाईयेष्ट पिस कन्सर्ट गरेर ब्याण्डको नाम गिनिज बुक अफल वल्र्ड रेकर्डमा लेखाउन सफल भएको उनले बताए । गुरुङका अनुसार ब्याण्डले पर्यटन वर्ष १९९८ मा नेपालमा पहिलो पटक ३० दिनमा २९ प्रमुख शहरहरुमा मेची महाकाली सन्देश नामक साङ्गीतिक यात्रा गरेको थियो ।

    ब्याण्ड रेडियो नेपाल, २०५२ सालमा राष्ट्रिय सन्देशमुलक गीत प्रतियोगितामार्फत सर्वोत्कृष्ट संगीत पुरस्कार, २०५६ सालमा ‘शान्ति शान्ति।।।’ बोल गीतबाट गायन, रचना र संगीत गरी तिनै विधामा प्रथम पुरस्कारबाट सम्मानित भएको उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.