• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विवाद समाधानको उत्तम उपाय मेलमिलाप ; उपप्रमुख गुरुङ

"वडा नम्वर १७ मेलमिलाप केन्द्र स्थापना  "
  •    शुभेच्छा न्यूज  /६ फाल्गुन २०७६, मंगलवार १९:४० ,  प्रकाशीत
  • पोखरा महागनरपालिका वडा नम्वर १७ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो ।

    केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताइन् । उनले मुद्धा मार्मिलाले समाजमा अशान्तिको वातावरण सृजना हुने भएकाले वडा तहका विवाद मेलमिलाप मार्फत समाधान गर्दा समाजमा सद्भाव कार्यम हुने उपप्रमुख गुरुङले बताइन् ।

    अदातली प्रक्रियामा झन्झटिलो र आर्थिक बोझ पर्ने भएकाले वडा तहबाटै विवादको समाधान गर्न मेलमिलापक केन्द्रको स्थापना गरिएको बताइन् । उनले संविधानले स्थानीय तहमा न्यायपालिकाको रुपमा न्यायिक समितिको व्यवस्थाले नागरिकलाई सहज हुने बताइन् ।

    उनले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराएकी थिइन् ।

    उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे स्पष्ट पारिन् ।

    न्यायिक समिति सदस्य पार्वती कार्कीले मेलमिलापकर्ताले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा वडा नम्वर १७ का अध्यक्ष सुभाष ढुङगानाले राजनीतिक परिर्वतनपछि जनताले परिर्वतनको अनुभुतिको आभाष पाउने गरी काम गर्न आग्रह गरे । उनले स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै विकास निर्माणका काम भएको बताउदै न्यायिक समिति गठनसंगै विवाद समाधानमा सहज हुने बताए ।

    नेपाली काँग्रेस वडा नम्वर १७ का सचिव डिआर भटराईले सवैलाई समान व्यवहार गदै विवाद समाधान गर्न सुझाव दिए । मेलमिलापकर्ता सविता भण्डारी सुवेदीले निष्पक्ष भएर विवाद समाधानमा भुमिका खेल्ने बताइन् ।

    वडा अध्यक्ष तीर्थराज अधिकारीले जनताले विश्वास गरेर निर्वाचित गरेको बताउदै कसैलाई भेदभाव नगरी सवैको साथ र सहयोग लिएर अगाडी बढने बताए ।

    वडा अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महानगरका कानुन अधिकृत राममणी अधिकारीले गरेका थिए ।
    तस्विर पनि छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.