• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रुरुक्षेत्रको पुननिर्माणका लागि गुरु योजना तयार ; छिट्टै भौतिक पूर्वाधार निर्माण हुने

"परियोजनाका लागि ५७ करोडक ५६ लाखको टेन्डर आह्वान "
  •     कृष्ण अन्जान ज्ञवाली  /८ फाल्गुन २०७६, बिहीबार १०:०८ ,  प्रकाशीत
  • नेपालका चारधाम मध्येको एक हो रुरुक्षेत्र। धार्मीक तथा पर्यटकीय दृष्टिले महत्वपुर्ण रहेको यस क्षेत्रको बिहत्तर बिकासलाई सरकारले अगाडी बढाएपछि नयाँ स्वरुप ग्रहण गर्ने भएको छ ।

    सरकारले यस क्षेत्रको विकासका लागि कार्य आरम्भ गर्दै पूर्वाधार विकासलाई अगाडी बढाएपछि स्थानीयमा उस्साह जागेको हो ।

    रुरुक्षेत्रको वृहत्तर विकासका लागि प्रदेश ५ को सरकारले आर्थिक वर्ष २०७५।०७६मा धार्मिक पर्यटन विकासको गुरुयोजना तयार गर्न २ करोड रुपैयाँ वजेट विनीयोजन गरेको थियो । सरकारको योजना अनुसार रुरुक्षेत्रको गुरु योजना तयार भइसकेको प्रदेश ५ को वातावरण तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

    कालिगण्डकी रिडीखोला तटवन्ध तथा पर्यटन पुर्वाधार विकास परियोजनाका लागि ५७ करोडक ५६ लाखको टेन्डर आह्वान भइसकेको प्रदेश सभासदस्य कमल राज श्रेष्ठले बताए ।

    वहुबर्षिय परियोजना अन्तर्रगत अगाडी बढाईएको यस परियोजनाले रुरुक्षेत्रको स्वरुपमा आमुल परिवर्तन मात्र हुने छैन, एसियाकै सुन्दर धार्मिक पर्यटन क्षेत्रको रुपमा समेत विकास हुने बिश्वास गरिएको छ ।

    नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली ,प्रदेश सरकारका उधोग तथा पर्यटन वन वातावरण मन्त्री लिला गिरी ,सामाजिक विकास मन्त्री शुदर्शन वलाल ,प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, रुरुक्षेत्र गाउंपालिका अध्यक्ष निलकण्ठ गौतम लगायतको अथक प्रयास पछि यस परियोजना अगाडी बढेको हो ।

    विगतको इतिहासलाइ केलाउंदा धार्मिक तपोभुमी यसक्षेत्रमा देवदत्त ऋषिको तपस्या ,प्रेमलोचना अप्सराको देवदत्त संगको प्रेमलिला रुरुकन्याको जन्म, लगाएतका अनेकौं किंवदन्ती यहां सुन्न पाइन्छ ।

    पछिल्लो पटक यस क्षेत्रको समग्र विकासमा चासो राखेर सरकारले गुरुयोजनानै वनाएर धार्मिक पर्यटकिय क्षेत्रकको रुपमा विकासका काम शुरु गरेपछि रुरुक्षेत्रको महत्व ह्वात्तै वढेको छ ।

    रुरुक्षेत्रमा कस्ता पूर्वाधार वन्दै छन
    रुरुक्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्नका लागि यहां विभिन्न भौतिक संरचानका वन्ने भएका छन ।मुख्यतया कालिगण्डकी ए परियोजनाको निर्माण पछि रुरु क्षेत्रको पर्यावरणमा संकट आइलागेको हो ।

    यस पश्चात रिडी बजार सुख्खा क्षेत्रमा परिणत भएको र कालिगण्डकीमा पानीको वहाव पनि कम भए संगै सुन्दरतामा पनि कमि आएको अवस्थामा अर्गलीको कुंडापानी तलवाट वांध बांधेर जलाशय निर्माण गरिने र जलाशय माथी तिनमुखे पुल निर्माण गरि रंगिन विजुली जडान गरि आकर्षक बनाइने सांसद कमल श्रेष्टले वताए।

    यस क्षेत्रमा हाल स्याङजा , पाल्पा ,र गुल्मी जोडने तिनमुखे पुल निर्माणको काम अगाडी बढी सकेको छ ।यस्तै गरि ऋषिकेश मन्दिरको भौतिक सुधार ,रिडी खोलामा तटवन्ध निर्माण, व्यवस्थीत चक्रपथ, वैज्ञानीक शवदाह गृह निर्माण, गौशाला,वृद्धाश्रम ,धार्मिक सास्कृतिक र ऐतिहासिक संग्रहालय र मन्दिरहरुको जिर्णोद्धार गरिने छ।

    यसैगरी गल्फुले गुफाको ऐतिहासिकता झल्कने गरि पुर्ननिर्माण ,आयुर्वेद तथा योग केन्द्र र संस्कृत शिक्षाको केन्द्र संगै ,कालिपारमा मगर ,रिडीमा नेवार ,थोर्गा भट्कुवा ,कुसेनीमा धार्मिक होमस्टेको रुपमा अगाडी वढाउने लक्ष सहित गुरुयोजना तयार गरी टेण्डर समेत भइसकेको सांसद श्रेष्टले वताए ।

    पछिल्लो चरणमा सडक सञ्जालको केन्द्र समेत रुरुक्षेत्र वनेको छ ।गुल्मी जिल्लाको प्रवेश द्धारको रुपमा रहेको रिडीवाट तानसेन रिडी तम्घास,रिडी वामी ढोरपाटन,रिडी वल्कोट मोटरवाटो रिडी भएर जाने गर्दछन ।

    यसै गरि कोरला देखि भारत जोडने कालिगण्डकी करिडोर ,मेची महाकाली जोडने मदन भण्डारी लोकमार्गसंगै तनहु सुर्खेत मार्गको संगम पनि रिडीहुने भएकाले रुरुक्षेत्रसंग सुदुर पुर्व र पश्चिम ,उत्तर र दक्षिणको पहुंच जोडिने सांसद श्रेष्ठको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.