• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दोश्रो वेगनास कप सुरु, खेल क्षेत्रले आर्थिक विकासमा सहयोग पुग्ने

"खेल क्षेत्रको विकासले समग्र देशको आर्थिक क्षेत्रको विकास हुने "
  •    शुभेच्छा न्यूज  /१० फाल्गुन २०७६, शनिबार १९:२९ ,  प्रकाशीत
  • विकास,अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ महाशिवरात्रीको अवसरमा पोखरा ३१ वेगनासताल किनारमा शनिवार देखि दोश्रो बेगनास खुला सेभेन ए साईड फुटवल प्रतियोगिता सुरु भएको छ ।

    प्रतियोगिताको पहिलो खेलमा वेगनास समूह बि ले टाई बेकरमा ओसियनजिमलाई ३ का विरुद्ध ४ गोल पराजितगर्दैअर्को चरणमा प्रवेश गरेको छ। त्यस्तै अर्को खेलमा ईन्द्रेणी एफ सि समूह बि ले शान्तिदिप बि लाई १ का विरुद्ध २ गोलले हराउदाशिशुवाएफ सि ले दिव्यज्योतीयुवाक्लवलाई २१ को अन्तरमा पाखा लगाउदै अर्को चरणमा प्रवेश गरेका हुन्।

    बेगनास युवाक्लवको आयोजनातथा स्थानियविभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा सुरु भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद एवम् अर्थ तथाविकास समितिका सभापतिदिपक कोइरालाले खेल क्षेत्रको विकासले समग्र देशको आर्थिक क्षेत्रको विकास हुने भन्दै खेलकुदले भविष्यमा राष्ट्रिय खेलाडीउत्पादन गर्नुपर्नेमा जोड दिए । खेल क्षेत्रले सम्बन्धित स्थानको पर्यटन प्रवद्र्धनको विकास गर्नुका साथै स्थानको पनिपहिचानहुने बताए ।

    यसै गरी पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्षकमलबहादुर थापा, ईलाकाप्रशासनकार्यालय लेखनाथकाप्रमुखचित्रांगत बराल, लेखनाथउद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा, बेगनासतालपोखरा यातायात प्रालिका संस्थापक अध्यक्ष एवम् वेगनास युवाक्लबकापूर्व अध्यक्ष कृष्ण प्रसाद ढुंगाना लगायतले मानिसको जीवनमा खेलको महत्वकावारेमा बोलेका थिए ।

    वेगनास युवाक्लबकाअध्यक्ष रामबहादुर रानाभाटले स्वागतगर्दै वेगनास युवाक्लबले गरेका सामाजिककार्यका वारेमा जानकारी गराउँदैकार्यक्रममाथिप्रकाशपारेका थिए । क्लबकाउपाध्यक्ष निराजन बरालले धन्यवाद ज्ञापन गरेकाथिएभने कार्यक्रम संचालन सचिन रानाभाटले गरेका थिए ।

    प्रतियोगितामाआईतवार ६ वटा खेल हुने टिम संयोजक सुरेन्द्र पुनले जानकारी दिए।३२ समुहको सहभागीता रहेको प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्नेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.