छोरेपाटनमा कार दुर्घटनामा गम्भीर घाइते बालिकाको उपचारका क्रममा मृत्यु
"मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारकै क्रममा शनिबार मृत्यु "
तपाईको प्रतिक्रिया





सिद्धार्थ राजमार्ग अन्तर्रगत पर्ने पोखरामा छोरेपाटनमा शुक्रबार साँझ भएको कार दुर्घटनामा परी गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । दुर्घटनामा आमाको घटनास्थलमै मृत्यु भएको थियो।
छोरेपाटन वेलघारीमा भएको कार दुर्घटनामा परी २१ बर्षीया जमुना क्षेत्रीको मृत्यु भएको एक दिन पछि उपचारका क्रममा उनकी साढे दुई वर्षीया छोरी रेविका क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेकी रेविकाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारकै क्रममा शनिबार मृत्यु भएको हो ।
कोहलपुर घर भएकी रेविका आमाको साथमा विगत केही समयदेखि छोरेपाटनमा बस्दै आएकी थिइन्। आमा छोरीको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
कालीमाटीबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ सडकमै पल्टिँदा कारमा सवार ५ जना मध्ये १ जनाको घट्नास्थलमै मृत्यु भएको थियो ।गम्भिर घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका २ घाइते तनहुँ बन्दीपुर घई हाल पोखरा–१७ बस्ने २१ वर्षीया वीना थापामगर र उनका ४ वर्षीय छोरा अनिल थापाको नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ । उनीहरु दुबै खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
गुल्मी घर भएका कार चालक शिव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गराइएको छ । बीच सडकमै कार दुर्घटना भएपछि शुक्रबार करिब एक घण्टा सडक अबरुद्ध समेत भएको थियो ।
केही समयपछि क्रेनको सहायताले कारलाई सडकबाट हटाएर प्रहरीले सडक सूचारु गरेको थियो
Related