• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कार्यकर्ता पक्राउको बिरोधमा नेविसंघद्धारा चक्काजाम

"आफ्ना सदस्यलाई झुटा मुद्दा लगाएर फसाउँन खोजिएको "
  •    शुभेच्छा न्यूज  /१२ फाल्गुन २०७६, सोमबार १८:५९ ,  प्रकाशीत
  • नेपाल बिद्यार्थी संघले आफ्ना कार्यकता राजेश हमाललाई प्रहरीले पक्राउ गरेको विरोधमा चक्काजाम गरेको छ । यही फागुन ८ गते नेविसंघका विद्यार्थी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको थियो ।

    उक्त झडममा नेविसंघका हमाल सहितका केही विद्यार्थीले आफुलाई कुटपिट गरेको भन्दै विराट दवाडी र विशाल पन्तले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएपछि प्रहरीले हमाललाई पक्राउ गरेको हो ।

    नेवि संघले राजेश पक्राउ परेको विरोधमा गण्डकी प्रदेश सभा अघि टायर बालेर आधा घण्टा चक्काजाम सहित नाराबाजी गरेको हो ।सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउँन खोजिएको भन्दै नेवि संघले विरोध जनाउँदै आएको छ ।

    गत निर्वाचनमा पृथ्बीनारायण क्याम्पसमा स्ववियु सभापति उम्मेद्वार बनेका राजेशलाई क्यामपस प्रमुखले वार्ताको लागि बोलाएर प्रहरीलाई खबर गरी पक्राउ गराएको नेविसंघले आरोप लगाएको छ ।

    नेवि संघका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितान मगर, युवराज पौडेल र अक्कल क्षेत्री विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

    नेवि संघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले आफ्ना सदस्यलाई झुटा मुद्दा लगाएर फसाउँन खोजिएको बताए । ।उनले क्याम्पस प्रमुखको राजिनामा सहित हमाललाई बिना शर्त रिहाई गर्न माग गरे ।

    ढकालले आफ्ना मागहरु पूरा नभए सरकारी गाडि बन्द गर्ने र चरणबद्ध शैक्षिक हड्तालमा उत्रिने चेतावनी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.