फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । डुङगा दुर्घट्नामा काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका हुन् ।
फेवातालमा भएको डुङगा दुर्घटनामा काठमाण्डौंकै रूपेश अधिकारी र सुबिन चालिसेको उद्धार गरिएको प्रहरीले जनाएको छ । आफै डुङगा चलाएर तीन जना खपैदी स्थित फेवाताल किनाराबाट फेवातालमा सयर गर्ने क्रममा डुङगा पल्टिएका हो ।
डुङगा पल्टिएको देखेर उद्धारका लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि जलारी आफै बेहोश भएका पछि उनलाई शसस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । उनको मेट्रोसिटि अस्पतालमा उपचार भईरहेको वडा प्रहरी कार्यलय बैदामले जनाएको छ ।
तालमा हराएका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरीरहेका छन् । तीन जना पोखरा घुम्नका लागि आएका थिए ।
डुङगा चढ्दा लाइफ ज्याकेट अनिवार्य लगाउनु पर्ने नियम भएपनि उनीहरुले लाइफ ज्याकेट नलगाई डुङगामा सयर गरेको प्रहरीले जानाएको छ।

Related