पोखरा घुम्न आएकी युवतीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु, एकको उद्दार
"पोखरा घुम्न आएकी २५ बर्षिया अनु भण्डारी रहेको मृत्यु "
तपाईको प्रतिक्रिया





महानगरपालिका -२२ खाल्से स्थित चिसापानीमा रहेको फुस्रे खोलाको रहमा डुबेर एक युवतीको मृत्यु भएको छ भने, अर्की एकको घाइते अवस्थामा उद्दार गरिएको छ ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका घर भइ पोखरा घुम्न आएकी २५ बर्षिया अनु भण्डारी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
अनु संगै सोहि स्थान बस्ने अर्की २५ बर्षिया भावना बस्नेत डुबेर बेपत्ता भएकोमा उनलाई प्रहरिले तत्काल उद्दार गरेको थियो ।हाल उनको बिरौटा स्थित नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा घुम्न आएका उनीहरु पौडी खेल्न त्यस स्थानमा पुगेको बताईएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related