• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा रेवानको सांस्कृतिक कार्यक्रमसहितको फुड फेस्टिवल हुने

  •    शुभेच्छा न्यूज  /१३ फाल्गुन २०७६, मंगलवार १९:२७ ,  प्रकाशीत
  • सिटी रेवानको आयोजनामा आठौं सिटी रेवान महोत्सव तथा फुड फेस्टीबल २०७६ हुने भएको छ ।

    आम उपभोक्ताहरुको चाहनालाई दृष्टिगत गरी पोखराको सृजनाचोकदेखि आलु माइला चोकसम्म फाल्गुन २३ गतेदेखि २५ गतेसम्म महोत्सव तथा फुड् फेष्टिबल हुने भएको हो ।

    पूरानो बाटो र मौलिकता झल्कने ठाँउ भएकोले पनि यस वर्ष संस्थाले महोत्सव आयोजना गर्न यस ठाँउ उपयुक्त भएको पनि जानकारी गराएको छ । यस संस्थाले आज पोखराको साइमन पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष एवं मूल आयोजनाका संयोजक दिपक तिमिल्सिनाले महोत्सवमा व्यवसाय रेष्टुरेन्ट प्रयोजनको लागि १६ स्टल र अन्य स्टल प्रयोजनको लागि १० स्टल गरी जम्मा २६ बटा स्टलहरु रहने जानकारी दिएका छन् ।

    यस वर्ष महोत्सव तथा फुड फेष्टिबल प्रवेश टिकट निःशुल्क गरिएको पनि बताएका छन् । विशेष गरी भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्नको निम्ति पनि प्रवेश टिकट निःशुल्क गरिएको संस्थाका अध्यक्ष तिमिल्सिनाले बताएका छन् ।

    महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित लोक दोहोरी कलाकारद्धारा दैनिक प्रस्तुती, पप कन्सर्ट, हाँस्य कलाकारहरुको दैनिक प्रस्तुती, ढिंडो खाने प्रतियोगिता, कृषि प्रदर्शनी, रत्यौली गीत प्रतियोगिताको साथै भाले छोप्ने प्रतियोगिताहरु आकर्षकका रुपमा रहने संस्थाका महासचिव जिवन दाहालले जानकारी दिएका छन् ।

    यस महोत्सवमा अनुमानित ३० हजार दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य रहेको पनि आयोजकले जनाएको छ ।त्यस्तै यस आठौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल सम्पन्न गर्नका लागि अनुमानित रु २० लाख खर्च लाग्ने र आम्दानी रु २० लाख ५० हजार हुने पनि महासचिव एवं प्रचार प्रसार संयोजक दाहाले बताएका छन् ।

    यस महोत्सवबाट बचत रकम असाहाय बालबालिकाको लागि र पर्यटन प्रवद्र्धनको लागि सहयोग गर्ने पनि जानकारी गराएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.