पोखराको फेवातालमा डुंगा पल्टिएर बेपत्ता काठमाण्डौ महानगरपालिका -१० घर भएका रामशरण लुइंटेलको शब फेला परेको छ ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको टोलीले आज बिहानैदेखी गरेको खोजतालसको क्रममा दिउँसो २:४५ बजेको समयमा लुइंटेलको शब फेला पारेको हो ।
दुर्घटना लगत्तै बेपत्ता लुइंटेलको खोजिकार्य गर्दा पनि फेला पार्न नसकिएपछि उद्दारकर्ताको टोलीले सोमबार साँझ खोजिकार्य स्थगित गरेको थियो ।
सोमबार दिउँसो अन्दाजी साढे १ बजेको समयमा तीनजना सवार डुंगा पल्टिंदा लुइंटेल बेपत्ता भएका थिए भने, अन्य दुई काठमाण्डौ -१० कपन बस्ने बर्ष २७ का सुबिन चालिसे र बर्ष २८ का रुपेश अधिकारीको प्रहरीको रेस्क्यु टोलीले उद्दार गरेको थियो ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related