• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुक्तिनाथ विकास बैंकका आकर्षक २ कर्जा योजना सार्वजनिक

  •    शुभेच्छा न्यूज  /१३ फाल्गुन २०७६, मंगलवार १९:४७ ,  प्रकाशीत
  • मुक्तिनाथ विकास बैंकले आकर्षक ब्याजसहितका दुई नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘मुक्तिनाथ घर पुँजी कर्जा’ र ‘मुक्तिनाथ सरल व्यावसायिक कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेको हो ।

    बैंकले आवासीय प्रयोजनका लागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी तथा फ्ल्याट/अपार्टमेन्टमा भएको स्व–लगानीमा ‘डेप्ट लिभरेज’ लिने गरी ‘इक्विटी फाइनान्सिङ’ गरिने र अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनः लगानी गर्न सकिने गरी ‘मुक्तिनाथ घर पुँजी कर्जा’ सञ्चालनमा ल्याएको हो ।

    घर पुँजीकर्जा आकर्षक ब्याजदरमा १५ वर्षका लागि लिन सकिने बैंकले बताएको छ ।यसका साथै, बैंकले ‘मुक्तिनाथ सरल व्यावसायिक कर्जा’ पनि सञ्चालनमा ल्याएको छ ।

    यो कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पुँजीगत तथा चालू पुँजी स्व–लगानीमा ‘फाइनान्सियल लिभरेज’ लिने गरी उपलब्ध गराइने बैंकले जनाएको छ ।

    बैंकका अनुसार यो कर्जा उद्योग, व्यापार एवं सेवामूलक संस्था व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने संरचना/पूर्वाधारमा लाग्ने पुँजीगत खर्चहरू परिपूर्ति र मौज्दात, आसामी, पेश्कीलगायत स्थायी प्रकृतिका चालू पुँजी आवश्यकता पूरा गर्न तथा दैनिक कार्य सञ्चालनका लागि आवश्यक पर्ने अन्य कार्यशील पुँजीका लागि प्रदान गरिनेछ ।

    मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.