स्याङ्जामा बाघको आक्रमणबाट वालक घाइते, पोखरामा उपचार हुँदै
"१२ बर्षका छोरा युनिष गुरुङलाई घरमै सुतिरहेका बेला एक्कासी बाघले आक्रमण "
तपाईको प्रतिक्रिया





स्याङ्गजाको भिरकोटमा घरमै सुतिरहेका बेला बाघको आक्रमणबाट एक बालक घाइते भएका छन् ।
स्याङ्गजा जिल्ला भिरकोट नगरपालिका वडा नं -९ ठुलीभन्ज्याङ स्थित यम बहादुर गुरुङको १२ बर्षका छोरा युनिष गुरुङलाई घरमै सुतिरहेका बेला एक्कासी बाघले आक्रमण गरी घाइते बनाएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ६ बजेको समयमा कोठामा सुतिरहेका बालक युनिषलाई बाघले घांटी र निधारमा आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट घाइते बालकलाई हाल उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको छ ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Related