• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘रविन्द्र स्मृति पर्यटन पुरस्कार’को स्थापना

"अधिकारीको जन्मदिनको अवसर पारेर वैशाख २५ गते वितरण गरिने "
  •    शुभेच्छा न्यूज  /१५ फाल्गुन २०७६, बिहीबार १६:१३ ,  प्रकाशीत
  • तत्कालीन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा ‘रविन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना हुने भएको छ। सिंहदरवारमा बिहीबार आयोजित प्रथम स्मृति सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त पुरस्कारको घोषणा गरेका हुन्।

    उक्त पुरस्कार रविन्द्र अधिकारीको स्मृति दिवसको अवसर पारेर हरेक वर्ष फागुन १५ गते वितरण गरिने मन्त्री भट्टराईले जानकारी दिए।

    यसवर्षको पुरस्कार भने रविन्द्र अधिकारीको जन्मदिनको अवसर पारेर वैशाख २५ गते वितरण गरिने उनले बताए। उनका अनुसार पर्यटन क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई यो पुरस्कारबाट सम्मान गरिनेछ।

    एक वर्षअघि आजकै दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

    उनीहरु पाथिभरा मन्दिरको दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङको पाथिपरा क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.