ड्यामसाइड क्लव, मेरो नेपाल, संगम एफसी, बिटी क्लव, एलजी एशोसिएसन, गार्डेन युवा क्लव ‘ए’ दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको प्रि क्वाटरफाइनल खेलमा जित हाँसिल गर्दै ति क्लवहरुले अन्तिम आठमा आफ्नों स्थान बनाएका हुन् ।
गार्डेन युवा क्लवद्वारा आयोजित प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेलमा ड्यामसाइडले युनाइटेड एफसीलाई ४–० गोलले पराजित गरेको थियो ।
खेलमा ड्यामसाइडका सुनिल विकले २ तथा रबि थापा र संजिब बुढाथोकीले १÷१ गोल गरे । अर्को खेलमा मेरो नेपालले भ्यालि स्पोर्टस क्लवमाथि २–१ को जित निकाल्यो । मेरो नेपालको तर्पmबाट प्रदिप गुरुङ्ग र सौरभ कार्कीले समान १÷१ गोल गरे भने भ्यालिका विजय गुरुङ्गले १ गोल गरेका थिए ।
संगम एफसीले भने ब्रदरहुडमाथि ७–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलको बाटो खुलायो । संगमको जितमा बेलप्रसाद गुरुङ्ग एक्लैले ५ गोल गरेका थिए । सुमित श्रेष्ठ र सुनिल घोतानेले पनि एक एक गोल आ–आफ्नों नाम गराए ।
बिहीबारनै भएको प्रतिस्प्रधात्मक खेलमा बिटी क्लवले टाई ब्रेकरमा बाजि मार्दै क्वाटरफाइनलको यात्रा तय गर्दा एम–१२ प्रतियोगिताबाट बाहिरियो । निर्धारित समयको खेल १÷१ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा बिटी ३–२ गोलले विजयी भएको हो । त्यस्तै, एलजी एशोसिएसनले स्याँग्जा अभियान क्लवलाई ५–० गोलले पराजित ग¥यो ।
खेलमा एलजीका सिन्कमान तामाङ्गले ह्याट्रिक गरे भने विजय गुरुङ्ग र रमेस मगरले पनि १÷१ गोल गरे ।आयोजक गार्डेन विदेशी खेलाडीको निर्णायक गोलको मद्धतमा अन्तिम आठमा प्रवेश ग¥यो ।
खेलमा अफ्रिकन मुलका खेलाडी एलेक्सले पहिलो हाफमा गरेको एक गोलनै निर्णायक गोल बन्दा त्रिशक्ती ‘ए’ लाचाहोकले पनि प्रतियोगिताबाट विदा लियो । अन्तिम खेलमा मालेपाटनसंग ३–२ ले पराजय व्यहोरेसंगै त्रिशक्तिको ‘बि’ टिमपनि प्रतियोगिताबाट बाहिरियो ।
प्रतियोगिता अन्तर्गत रन्जन मेमोरियलले यसअघिनै क्वाटरफाइनलमा स्थान बनाइसकेको थियो । शुक्रबार क्वाटरफाइनलका खेलहरु हुने आयोजक गार्डेन युवा क्लवका अध्यक्ष विनोद गुरुङ्गले जानकारी दिए ।

Related