• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाका लुईंटेल मोटरसाइकलमा विश्व भ्रमणमा निस्किए

"औपचारिक यात्रा दार्चुलाबाट शुभारम्भ  "
  •    शुभेच्छा न्यूज  /१७ फाल्गुन २०७६, शनिबार २०:३६ ,  प्रकाशीत
  • नेपालबाट मोटरसाइकलमा विश्व भ्रमण गर्ने शाहस स्याङ्जाका एक युवकले देखाएका छन् । विश्वका सबै देशमा पुगेर १० बर्षमा ८ लाख किलोमिटर मोटरसाइकलमार्फत हिँड्ने लक्ष्यका साथ स्याङ्जाबाट युवा बिदाई भएका छन् ।

    वालिङ नगरपालिका १४ तमादीका ३० वर्षीय यामप्रसाद लुईंटेल विश्व मोटरसाइकल यात्रामा शनिबारबाट निस्किएका छन् ।

    जिल्लाका ११ स्थानीयतहसगै जिल्ला समन्वय समितिबाट समेत विदाई भएका लुईटेल औपचारीक रुपले आफ्नै नगर वालिङ नगरपालिकाबाट बिदाई भएका छन् ।

    उनलाई वालिङ नगरपालिकाका प्रमुख लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिकदलका प्रतिनिधिनी, वालिङ उद्योग वाणिज्य संघ लगायत उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवी, संचारकर्मी लगायतको सहभागितामा उनको विदाई गरिएको थियो ।

    लुईंटेलले विश्व मोटरसाइकलको औपचारिक यात्राको सुरुवात भने दार्चुलाबाट शुभारम्भ गर्ने जनाएका छन् ।

    नेपाललाई मोटरसाईकल यात्राबाट विश्वभर चिनाउने लक्ष्यका साथ प्रस्थान गरेका लुईटेल पहिलो चरणमा नेपालका ७ सय ५३ स्थानीय निकाय, सात प्रदेशमा पुगेर अन्तिममा केन्द्रिय सरकारको बिदाई पश्चात विश्व भ्रमणमा निस्कने अभिलासा लिएका छन् । सरकारले शुभारम्भ गरेको नेपाल भ्रमणबर्ष लाई साकार पार्न पनि यो यात्रा फलदायी हुनेमा लुईटेल विश्वस्थ छन् ।

    मुलुकलाई समृद्धि बनाउने सरकारको योजना छ यात्री लुईटेलले भने, ‘सबै स्थानीयतहले देशलाई समृद्धि बनाउन के के योजना छन् भन्ने विषयमा जानकारी लिने छु । देशमा पर्यटकीय सम्भावनाको खोजी गरी त्यस्ता पर्यटकीय क्षेत्रको विश्वमा प्रचारप्रसार गर्ने मेरो अर्को लक्ष्य हो’, लुईटेलले भने ।

    सबै समस्याको समाधान गर्दै मेरो यात्रा पुरा हुने आशामा लुईटेल रहेका छन् । लुईटेलको विदाईमा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँणले भ्रमण बर्ष २०२० को लोगो अंकित वालिङ नगरपालिका लेखिएको सानो मायाको चिनो दिएर मोटरसाईकल यात्री लुईटेललाई विदाई गरेका छन् ।

    लुईटेलले सबै स्थानीयतहमा पुगेर सो मायाको चिनो प्रदान गर्ने छन् नगर प्रमुख खाँणले भने, ‘विश्वयात्रा गर्ने कार्य सहज नभएपनि यात्रा सफल हुनेमा आफुहरु विश्वस्त रहका छौं । आफ्नै नगरका बासिन्दा लुईटेलको यो यात्राले नगरले गर्भको महसुस गरेको बताउदै यात्राको क्रममा आइपर्ने बाधा अड्चनको धैर्यताका साथ सामना गर्दै अगाडी बढ्नु शुभकामना छ’ खाँणले भने ।

    लुईंटेलको मोटरसाईकल मार्फत विश्व यात्रा गर्ने अवसरले नीजि क्षेत्रलाई निकै उत्साही बनाएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले बताए ।

    सन् २०२२ सम्ममा नेपालका ७ सय ५३ स्थानीय तहको करिब ६० हजार किलो मिटरको यात्रा पुरा गरी सन् २०२२ बाट विश्व यात्रामा निस्किने र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा गर्ने योजना लुईटेलको छ ।

    समाज र राष्ट्रको लागि केही गर्नु पर्छ भन्ने उद्देश्य बोकेर आफु विश्व यात्रामा निस्किएको उनको भनाई छ । मोटरसाईकल यो यात्रामा मेरो साथी हुने र यै साधनको प्रयोग गरि देशको पर्यटनको सम्भावना र अवस्थाको अध्ययन गरि यसलाई अन्तराष्ट्रिय स्तरमा नेपालको बारेमा जानकारी दिने लुईटेलले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.