नेकपा अध्यक्ष प्रचण्डमाथि राष्ट्रिय सभागृहमा जुत्ता प्रहार
"जुत्ता प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ "
तपाईको प्रतिक्रिया





नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको छ।
आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको हो।
प्रचण्डले आफ्नो अभिव्यक्ति सकिनसाथ उनीमाथि लक्षित जुत्ता प्रहार गरिएको थियो। यद्यपि उनीमाथि जुत्ता भने लागेन। प्रत्यक्षदर्शीकाअनुसार जुत्ता प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
Related