• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

युनाईटेड क्लवद्धारा विद्यार्थीलाई पोशाक वितरण

  •    शुभेच्छा न्यूज  /१८ फाल्गुन २०७६, आईतवार १९:५९ ,  प्रकाशीत
  • युनाईटेड क्लवले कास्कीको मौजामा रहेको सरस्वती विरमाया आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

    स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखान निर्माणको काम गर्दै आइरहेको क्लवले शिक्षा कार्यक्रम अन्तर्गत पोखरा २० मौजामा रहेको सरस्वती विरमाया आधारभुत विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो ।

    कार्यक्रममा पोखरा महानगर वडा नम्बर २० का अध्यक्ष सिम बहादुर गुरुङले सामाजिक काम गरेर अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले दुरदराजका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको भन्दै प्रसंशा गरे ।

    विद्यालय ब्यवस्थापन समितिका सदस्य देव वहादुर गुरुङले ग्रामीण भेगमा रहेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको अवस्था अतिनै नाजुक रहेको बताउदै विपन्न परिवारका विद्यार्थीहरु अझैपनि विद्यालय पोशाक किन्न नसकिरहेको बताए ।

    विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पोखरेलले युनाईटेड क्लवले सामाजिक अभियान अन्तर्गत शिक्षाको कार्यक्रममा आफ्नो विद्यालयलाई छानेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरे ।

    युनाईटेड क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखीनै सामाजिक काम गर्दै आइरहेको बताए।

    क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक राजु श्रेष्ठले युनाईटेड क्लवले सरस्वती विरमाया आधारभुत विद्यालय जस्ता दर्जनौ विद्यालयहरुमा शैक्षिक सामाग्री,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कोषहरु स्थापना लगायतका कार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने वताए ।

    युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका पदाधिकारी तथा शिक्षा उपसमिति तथा कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.