• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखामा जीप दुर्घटना एकको मृत्य, सात घाइते

  •    शुभेच्छा न्यूज  /२२ फाल्गुन २०७६, बिहीबार ०७:४० ,  प्रकाशीत
  • गोरखाको धोरर्चेतमा जिप दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा परी अन्य ७ जना गंभिर घाईते भएका छन ।

    धार्चे गाउँपालिकाको माछाखोलाबाट काशिगाउँ तर्फ जादै गरेको बा. १ च ५५०५ नम्बरको रातो प्लेटको जिप आरुघाट गाउँपालिका १ को धोरर्चेतमा दुर्घटना हुदा काशिगाउँका वडा सचिव किरण रिमालको घटना स्थलमा नै ज्यान गएको हो । घटनामा परी अन्य ७ जना गंभिर घाईते भएका छन । उनीहरु सबैलाई हेली मार्फत राजधानी लाने तयारी भई रहेको छ ।

    जिप बुधबार राती काशिगाउँ तर्फ जादै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमायाँ गुरुङ, पालिकाका कर्मचारीहरु शर्मिला गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, क्यामेरा मेन केयरसिं गुरुङ, फेज नेपालका कर्मचारी सरोज नेपाल र चालक केरौजाका बालचन्द्र गुरुङ गंभिर घाईते भएका हुन ।

    घाईते सबैको दोङचेतमा फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भई रहेको छ । दुर्घटनामा परेका घाईतेहरुको टाउको तथा मेरुदण्डमा गंभिर चोट देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताए ।

    जिप कच्ची सडकबाट ३०० मिटर तल खसेर यार्सा खोलामा पुगेको उद्वारका लागि पुगेका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापती भगवानबावु मास्केले टेलिफोन मार्फत जानकारी दिए ।

    घाईते सबैलाई हेली मार्फत राजधानी लानका लागि अहिले गृहलाई पत्राचार भई सकेको गोरखामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । पौडेलका अनुसार घटना स्थल अति नै विकट भएका कारण हेली भन्दा अरु साधान बाट उद्वार गर्न नसकिने बताए ।

    घटना बुधबार राती ७ः३० बजे भएको थियो । दुर्घटनामा परेका घाईतहरुले नै दुर्घटना स्थलबाट सडक सम्म आएर राती १० बजे प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.