• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखामा जिप दुर्घटनाका घाईतेलाई नेपाली सेनाको हेलीमार्फत नर्भिक अस्पताल लगियो

"नेपाली सेनाको हेलीमार्फत उद्वार  "
  •    सुभेक्षा न्युज  /२२ फाल्गुन २०७६, बिहीबार १०:०४ ,  प्रकाशीत
  • गोरखामा जिप दुर्घटना परी गंभिर घाईते भएकाहरुको नेपाली सेनाको हेलीमार्फत उद्वार गरीएको छ । घाईते सबैलाई राजधानीको नर्भिक अस्पताल लगिएको छ ।

    धार्चे गाउँपालिकाले बिहीबार काशिगाउँमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन बुधबार साँझ नै उप प्रमुख फुलमायाँ गुरुङ सहित ८ जना सवार बा. १ च ५५०५ नम्बरको जिप आरुघाट गाउँपालिका १ को धोरर्चेतमा दुर्घटनामा परेको थियो ।

    दुघटनामा परी वडा नम्बर ६ काशिगाउँका वडा सचिव किरण रिमालको घटना स्थलमा नै ज्यान गएको थियो । ज्यान गुमाउने रिमाल लमजुङ निवासी हुन । घटनामा परी अन्य ७ जना गंभिर घाईते भएका छन । उनीहरु सबैलाई नेपाली सेनाको हेली मार्फत राजधानको नर्भिक अस्पताल गगिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

    दुर्घटनामा परी धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमायाँ गुरुङ, पालिकाका कर्मचारीहरु शर्मिला गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, क्यामेरा मेन केयरसिं गुरुङ, फेज नेपालका कर्मचारी सरोज नेपाल र चालक केरौजाका बालचन्द्र गुरुङ गंभिर घाईते भएका थिए ।

    घाईते सबैको दोङचेतमा रहेको फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार गरी राजधानी पठाइएको हो । दुर्घटनामा परेका घाईतेहरुको टाउको तथा मेरुदण्डमा गंभिर चोट देखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.