काकाकुल बस्तीकोे अवस्था फेरियो ; एक घर एक धारा अभियानले गाउँले दंग
"बुहारी राती तिन वजे उठ्ने ढिकी झांतो दैलो कुचो सक्ने डोकोमा पानीको गाग्री बोकेर पानी लिन पंधेरो झर्ने "
तपाईको प्रतिक्रिया





कुनै एउटा समय थियो साविक रुरु गाउं विकास समितीको भट्कुवा गाउं भन्ने वित्तीकै अरु गाउंका मान्छेहरुले पानीको दुख छ भनेर छोरी दिन गाह्रो मान्थे ।
ग्वादी गाउंबाट विवाह भइ भट्कुवा पुगेकी राधा पौडेलले पुरानो कहानी सम्झेर लामो सुस्केरा तानिन।हुन पनि यो गाउंका बुहारीलाइ पिउने पानीको जोहो गर्न सारै गाह्रो थियो।
विहान झिसमिसेमा एक गाग्री पानी लिन करिव तिन किलोमिटर तल पंधेरामा पुग्नु पथ्र्यो । एक गाग्री पानी लिएर आउंदा बिहान वित्थ्यो । यहांका बुहारी राती तिन वजे उठ्ने ढिकी झांतो दैलो कुचो सक्ने डोकोमा पानीको गाग्री बोकेर पानी लिन पंधेरो झर्ने गर्थे ,गाउंकै एउटै पंधेरो पालो कुरेर पानी भर्दा विहान वितेको स्थानिय राधाको भानाइमा छ ।
त्यती वेला सारै दुख थियो बुहारीलाइ घांस ,पात ,दाउरा ,दैलो कुचो ढिकी झांतोको वुहार्तन र त्यसमा पानीको दुख विगत सम्झेर आखा रसाए राधाका ।
भट्कुवाका रामहरि ज्ञवालीलाइ पनि ति कहाली लाग्दा दिन सम्झेर दिक्क लाग्छ ।विहानै सांझ पानी कै टन्टो । पंधेरामा पानी नपाउंदा गाउंका पोखरीहरुको पानी खाएको सम्झना छ उनलाइ ।डिंगा वाच्छाका लागि पनि र मान्छेका लागि पनि एउटै पंधेराको भर पानीकै कारणले लामो समय भट्कुवाका वासिन्दाहरुले पिडा खपेको इतिहास रामहरीले सुनाए ।
तर यहि भट्कुवामा यतिवेला घरघरमा धारा जडान भएपछि गाउंको जनजिवन नै फेरिएको छ ।यहांका वासिन्दाले कल्पना सम्म पनि गरेका थिएनन गाउंमा यसरी घरघरमा पानी आउंछ भनेर तर विक्रम सम्वत २०५२ सालमा यो गाउंमा पानी पु¥याएर असम्भवलाइ सम्भव वनायो फिनिडाले ।
२०४८ सालमा देखी २०५२ साल सम्म यहांका वासिन्दा हरुले साविक वलेटक्सारको दार्सिंगवास वाट भट्कुवा सम्म करिव पन्द्र किलोमिटर पाइपलाइन खनेर पानी ल्याइ छाडे ।स्थानिय रामहरी ज्ञवाली भन्छन महिनौ हामि जंगलमा भोकै प्यासै सुतेर पनि गाउंमा पानी पुर्याउन सफल भयौं ।
यहि पिउने पानीलाइ व्यवस्थी गर्दै पच्चिस वार्ष पछि घरघरमा पानीका धारा वितरण भएपछि अव यो गाउंमा पानीको समस्या नभएको भट्कुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष फर्शुराम .पौडेलको भनाइ छ ।सरकारको एक घर एक धारा कार्यक्रम अन्र्तगत यतिवेला एक सय सन्ताउन्न धारा वितरण गरिएको छ ।
भट्कुवाको टाकुरामा मुख्य टंकी रहेकामा हाल ढाव ,खदाल पोखरा ,डाडि पोखरी लगाएतका ठाउं हरुमा ८५ घनमिटरका ५ वटा टंकी निर्माण गरि घरघरमा धारा पुर्याइएको समितीका अध्यक्ष फर्शुराम पौडेलले वताए ।
यध्यपी खानेपानीको करिव २ किलोमिटर क्षेत्रमा जे आइ पाइप फुटेका र यो पाइप व्यवस्थीत गर्ने तयारीमा लागेको अध्यक्ष पौडेलले जानकारी दिए ।
स्थानिय निकायको निर्वाचन पछि खानेपानी ,स्वास्थ ,शिक्षा र सडकलाइ विशेष महत्व दिइएको र भट्कुवाको पिउनेपानी पनि त्यसैको एक कडि भएककाले गाउंपालिकाले आवस्यक सहयोग जारी राख्ने रुरुक्षेत्र गाउंपालिकाका अध्यक्ष निलकण्ठ गौतमको भनाइ छ ।
यस क्षेत्रका प्रतिनिधी सभा सांसद प्रदिप ज्ञवालीले पनि भट्कुवाको भौतीक विकासमा विशेष चासो राखेका छन ।
Related